मन्त्रीमण्डल बिस्तार,गृहमन्त्री खगराज अधिकारी, सञ्चारमन्त्री बादलपत्नी नैनकला थापा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ७ मन्त्री र एक राज्यमन्त्रीसहित मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । १९ औं पटक बिस्तार हुन लागेको मन्त्रीमण्डलमा गृहमन्त्रीको जिम्मेवारी खगराज अधिकारीले पाएका छन् ।
त्यस्तै,पूर्वगृहमन्त्री रामबहादुर थापा बादलकी पत्नी नैनकला थापा संचारमन्त्री बन्ने भएकी छन् । यसअघि सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण बादललगायत पूर्वमाओवादीका ७ जना मन्त्रीहरू पदमुक्त भएका थिए ।
प्रधानमन्त्रीले मन्त्रिमण्डल विस्तारमा पूर्वमाओवादी समूहबाट दुईजनालाई समेटेका छन् । नैनकलासँगै ज्वाला शाह कृषिमन्त्री बन्ने भएकी छन् । जसपामा मन्त्री नपाएर असन्तुष्ट भएका नेता राजकिशोर यादवले समेत उद्योग मन्त्रालयको जिम्मेजारी पाएका छन् ।
यी हुन नयाँ मन्त्री
१.नारदमुनी राना, वनमन्त्री
२.मोहन वानियाँ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
३.खगराज अधिकारी, गृहमन्त्री
४.नैनकला थापा, संचारमन्त्री
५.ज्वालाकुमारी साह, कृषिमन्त्री
६.राजकिशोर यादव, उद्योगमन्त्री
७.गणेश पहाडी, सामान्य प्रशासनमन्त्री
८.आशा विक, वनराज्यमन्त्री
मन्त्रीहरुको आजै सपथग्रहण हुने भएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #गृहमन्त्री खगराज अधिकारी, #मन्त्रीमण्डल बिस्तार
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्