गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज विश्वासको मत लिँदै
काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज विश्वासको मत लिँदै छन् । विश्वासको मत लिनुभन्दा २ दिन अगावै संसद सचिवालयमा जानकारी गराउन ुपर्ने प्रावधान अनुसार मुख्यमन्त्रीले मंगलबार विश्वासको मत लिने पत्र सचिवालयमा दर्ता गराएका थिए । गत वैशाख २९ गते प्रदेश प्रमुख सीताकुमारी पौडेलबाट ठूलो दलको नेताका हैसियतले मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री गुरुङले १ महिना भित्र विश्वासको मत लिनुपर्ने बाध्यता छ ।
गण्डकी प्रदेशमा सत्तापक्ष र विपक्षी गठबन्धनलाई नयाँ सरकार गठनका लागि बहुमत नपुग्ने भएपछि मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ संसद विघटन गर्ने योजनामा छन् । तर, विपक्षी दल माओवादी केन्द्र सभामुखलाई राजीनामा दिन लगाएर नयाँ सरकार गठनका लागि बहुमत पुर्याउने योजनामा छ । गण्डकीमा सभामुख माओवादी केन्द्रको छन् । माओवादी केन्द्र संसदीय दलको सोमबार बसेको बैठकले नयाँ सरकार गठनको अन्तिम विकल्प सभामुखको राजीनामा रहेको निष्कर्ष निकालेको थियो ।
सभामुख नेत्रनाथ अधिकारीले राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि बहुमत पुग्नेछ । ६० सदस्यीय सांसद रहेको गण्डकीमा नयाँ सरकार गठनको लागि ३१ सांसदको आवश्यकता पर्छ । स्वतन्त्र सांसदसहित मुख्यमन्त्रीको पक्षमा अहिले २८ सांसद देखिएका छन् । रष्ट्रिय जनमोर्चा पार्टीका सांसद कृष्ण थापाको मत पनि गुरुङलाई जाँदा मुख्यमन्त्रीले २९ मत प्राप्त गर्नेछन् । नयाँ सरकार गठनका लागि विपक्षी चार दल कांग्रेस,माओवादी केन्द्र, जसपा र राजमो गरी बहुमत पुग्छ । निर्णायक भूमिकामा रहेको राजमो बीचविवाद हुँदा नयाँ सरकार गठनमा समस्या देखिएको हो ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #पृथ्वीसुब्बा गुरुङ, #संसद सचिवालय
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्