संवैधानिक इजलासमा आज बस्दै, दुई न्यायाधीशले आफ्नो लिखित राय सुनाउने
काठमाडौं । प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६ (५) वमोजिम सरकार गठनका सन्दर्भमा परेका रिटहरुमाथिको सुनुवाइ गर्न गठित संवैधानिक इजलास आज बस्दैछ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा विरामी परेका कारण दुई दिन स्थगित भएको इजलास आज बस्न लागेको हो । दुई न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले आफूहरु इजलासमा बस्न नमिल्ने भनी सरकार पक्षले दिएको निवेदनमाथि आफ्नो लिखित राय पेश गर्ने भएका छन् ।
दुवै न्यायाधीशले यसअघि इजलासमा रहेका न्यायाधीश तेजवहादुर केसी र बमकुमार श्रेष्ठका सन्दर्भमा गरेका आदेश र मुद्दाका सन्दर्भमा एक पक्ष लिएको भन्दै महान्यायाधिवक्ता रमेश बडालसहित सरकार पक्षका कानुन व्यवसायीले निष्पक्ष न्यायमा शंका गर्दै उनीहरुले इजलास छाड्नु उपयुक्त हुने जिकिर गर्दै आएका छन् । सोही विवादका कारण संवैधानिक इजलास नियमित सुनुवाइमा प्रवेश गर्न सकेको छैन ।
सोमबार प्रधानन्यायाधीश अस्वस्थ रहेको भन्दै इजलास नतोकेर सुनुवाइ स्थगित भएको थियो। मंगलबार पनि उक्त मुद्दाको सुनुवाइका लागि संवैधानिक इजलास तोकिएको थिएन। रिट निवेदक पक्ष र सरकारी पक्षले इजलास गठनका विषयमा पटकपटक मुद्दा उठाएपछि प्रक्रिया अघि बढ्न नसकेको हो।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #प्रतिनिधिसभा विघटन
ताजा खबर
- १सरकारले नै विस्थापित सुकुम्वासीलाई आज र भोलि खानाको व्यवस्था गर्ने
- २हेडसरलाई थर्काएको रास्वपा सांसद विश्वराज पोखरेलको भिडियो भाइरल, चौतर्फी आलोचना
- ३चल्यो सुकुम्बासी बस्तीमा डोजर,सरकारलाई सघाउदै निस्किए सुकुम्बासी, ५ स्थानमा बासस्थान
- ४जानकी नवमीः मिथिलाको गौरव र माता जानकीको प्रादुर्भाव
- ५रविलाई हर्कले सोधे–सुकुमबासीलाई धनीपूर्जा दिने बाचा गरेर चुपचाप घण्टीमा छाप मागेको होइन ?



तपाईको कमेन्ट लेख्नुहोस्