संवैधानिक इजलासमा आज बस्दै, दुई न्यायाधीशले आफ्नो लिखित राय सुनाउने
काठमाडौं । प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६ (५) वमोजिम सरकार गठनका सन्दर्भमा परेका रिटहरुमाथिको सुनुवाइ गर्न गठित संवैधानिक इजलास आज बस्दैछ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा विरामी परेका कारण दुई दिन स्थगित भएको इजलास आज बस्न लागेको हो । दुई न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले आफूहरु इजलासमा बस्न नमिल्ने भनी सरकार पक्षले दिएको निवेदनमाथि आफ्नो लिखित राय पेश गर्ने भएका छन् ।
दुवै न्यायाधीशले यसअघि इजलासमा रहेका न्यायाधीश तेजवहादुर केसी र बमकुमार श्रेष्ठका सन्दर्भमा गरेका आदेश र मुद्दाका सन्दर्भमा एक पक्ष लिएको भन्दै महान्यायाधिवक्ता रमेश बडालसहित सरकार पक्षका कानुन व्यवसायीले निष्पक्ष न्यायमा शंका गर्दै उनीहरुले इजलास छाड्नु उपयुक्त हुने जिकिर गर्दै आएका छन् । सोही विवादका कारण संवैधानिक इजलास नियमित सुनुवाइमा प्रवेश गर्न सकेको छैन ।
सोमबार प्रधानन्यायाधीश अस्वस्थ रहेको भन्दै इजलास नतोकेर सुनुवाइ स्थगित भएको थियो। मंगलबार पनि उक्त मुद्दाको सुनुवाइका लागि संवैधानिक इजलास तोकिएको थिएन। रिट निवेदक पक्ष र सरकारी पक्षले इजलास गठनका विषयमा पटकपटक मुद्दा उठाएपछि प्रक्रिया अघि बढ्न नसकेको हो।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #प्रतिनिधिसभा विघटन
ताजा खबर
- १काठमाडौं-४ मा एमालेको उम्मेदवार थिएन, रास्वपाले बाहिरको मान्छे ल्याउन पर्यो : गगन थापा
- २करिब २० हजारले घट्यो सुनको मूल्य
- ३इयूले इरानी ‘रिभोलुसनरी गाड्र्स’लाई आतङ्कवादीको सूची’मा राख्ने
- ४अब कुनै आमाको काख फेरि रित्तिन नपरोस्ः प्रधानमन्त्री कार्की
- ५बालेनको प्रचारमा गएका व्यक्ति अछाममा बेहोस, सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो



तपाईको कमेन्ट लेख्नुहोस्