एमालेको घरझगडाले कांग्रेसलाई फाइदै फाइदा

काठमाडौं । नेकपा एमालेको घरझगडाले केन्द्रदेखि प्रदेशसम्म ५ बर्षका लागि बिपक्षी बनेको नेपाली कांग्रेसलाई फाइदै फाइदा हुने देखिएको छ । एमाले र माओवादी केन्द्रको गठबन्धनका कारण निर्वाचनमा लज्जास्पद हार बेहोरेको कांग्रेसले दलहरुबीचको तिक्तताका कारण फाइदा हुने देखिएको हो । ५ बर्ष जनताले आफूलाई प्रतिपक्षमा बस्न जनमत दिएको भन्दै साढे तीन बर्ष चुपचाप बसेको नेपाली कांग्रेस यतिबेला भने केन्द्रमा सरकार बनाउन र प्रदेशमा सत्ता समिकरणका लागि खुट्टा उचालेर बसेको छ ।
कर्णाली प्रदेशबाट सत्तारोहणको स्वाद लिन सुरु गरेको कांग्रेस सबै प्रदेशका सरकारमा भागबण्डा खोजिरहेको छ । सुदुरपश्चिममा तटस्थ बसेर मुख्यमन्त्री त्रिलोचन भट्टलाई साथ दिएको कांग्रेसले प्रदेश २ र गण्डकीमा त मुख्यमन्त्री नै दाबी गरिरहेको छ । सत्तारुढ दल नेकपा एमालेभित्रको भाडभैलोको चरम सदुपयोग गर्ने दाउमा यतिबेला कांग्रेस नयाँ नयाँ रणनिति बुन्दैछ । कम्युनिस्ट र मधेसवादी घटकले प्राप्त गरेको जनमत खण्डित भएपछि हौसिएको कांग्रेसलाई केन्द्रदेखि प्रदेशसम्म सरकार बनाउने र ढाल्ने हतारो छ ।
केन्द्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीको विकल्पमा काग्रेस सभापति शेरबहादुर देउवा बहुमत दाबी गर्दै सर्बोच्च अदालत पुगेका छन् । विपक्षी गठबन्धनका १ सय ४६ सांसदद्वारा सर्वोच्चमा रिट निवेदनमा सुनुवाईका क्रममा छ । एमालेकै किचलोले कांग्रेसलाई राष्ट्रियसभामा १ सांसद चिठ्ठा परेको छ । प्रधानमन्त्री र राष्ट्रपतिको मिलोमतोमा दुई दुई पटक संसद बिगठन गरको र संविधानलाई नै तोडमोड गर्न प्रधानमन्त्री उद्धत रहेका कारण कांग्रेस सरकारमा जान बाध्य भएको नेताहरु बताइरहेका छन् ।
केन्द्रमा प्रधानमन्त्री ओलीबिरुद्ध गत पुस ५ गतेको संसद विघटनदेखि विपक्षी गठबन्धन बनाई शान्तिपूर्ण आन्दोलन गरिरहेको कांग्रेसले मौका छोप्दै केन्द्रसहित सातै प्रदेशमा सरकार बनाउन पहल गरिरहेको छ । माधव नेपाल पक्ष र जसपाको उपेन्द्र यादव समूह तथा माओवादी केन्द्रलाई साथमा लिएर सबै प्रदेशमा सत्तासाझेदारी गर्ने काँग्रेसको भित्री रणनिति सफल बन्दै गएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #एमालेको घरझगडा, #नेपाली कांग्रेस
ताजा खबर
- १महेश बस्नेत र दुर्गा प्रसाईँको मंसिर ७ को आन्दोलन (भिडियोसहित)
- २अव माइतीघरदेखि बानेश्वरसम्म आन्दोलन गर्न नपाइने, लगाइयो निषेधाज्ञा !
- ३रुकुमपश्चिममा जिप दुर्घटना, २२ जना घाइते, ५ को अवस्था गम्भिर
- ४उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरियो यस बर्षको छठ पर्व
- ५टिकटक प्रयोग भएको पाइएमा खबर गर्न दुरसञ्चार प्राधिकरणको आग्रह
तपाईको कमेन्ट लेख्नुहोस्