एमालेको घरझगडाले कांग्रेसलाई फाइदै फाइदा
काठमाडौं । नेकपा एमालेको घरझगडाले केन्द्रदेखि प्रदेशसम्म ५ बर्षका लागि बिपक्षी बनेको नेपाली कांग्रेसलाई फाइदै फाइदा हुने देखिएको छ । एमाले र माओवादी केन्द्रको गठबन्धनका कारण निर्वाचनमा लज्जास्पद हार बेहोरेको कांग्रेसले दलहरुबीचको तिक्तताका कारण फाइदा हुने देखिएको हो । ५ बर्ष जनताले आफूलाई प्रतिपक्षमा बस्न जनमत दिएको भन्दै साढे तीन बर्ष चुपचाप बसेको नेपाली कांग्रेस यतिबेला भने केन्द्रमा सरकार बनाउन र प्रदेशमा सत्ता समिकरणका लागि खुट्टा उचालेर बसेको छ ।
कर्णाली प्रदेशबाट सत्तारोहणको स्वाद लिन सुरु गरेको कांग्रेस सबै प्रदेशका सरकारमा भागबण्डा खोजिरहेको छ । सुदुरपश्चिममा तटस्थ बसेर मुख्यमन्त्री त्रिलोचन भट्टलाई साथ दिएको कांग्रेसले प्रदेश २ र गण्डकीमा त मुख्यमन्त्री नै दाबी गरिरहेको छ । सत्तारुढ दल नेकपा एमालेभित्रको भाडभैलोको चरम सदुपयोग गर्ने दाउमा यतिबेला कांग्रेस नयाँ नयाँ रणनिति बुन्दैछ । कम्युनिस्ट र मधेसवादी घटकले प्राप्त गरेको जनमत खण्डित भएपछि हौसिएको कांग्रेसलाई केन्द्रदेखि प्रदेशसम्म सरकार बनाउने र ढाल्ने हतारो छ ।
केन्द्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीको विकल्पमा काग्रेस सभापति शेरबहादुर देउवा बहुमत दाबी गर्दै सर्बोच्च अदालत पुगेका छन् । विपक्षी गठबन्धनका १ सय ४६ सांसदद्वारा सर्वोच्चमा रिट निवेदनमा सुनुवाईका क्रममा छ । एमालेकै किचलोले कांग्रेसलाई राष्ट्रियसभामा १ सांसद चिठ्ठा परेको छ । प्रधानमन्त्री र राष्ट्रपतिको मिलोमतोमा दुई दुई पटक संसद बिगठन गरको र संविधानलाई नै तोडमोड गर्न प्रधानमन्त्री उद्धत रहेका कारण कांग्रेस सरकारमा जान बाध्य भएको नेताहरु बताइरहेका छन् ।
केन्द्रमा प्रधानमन्त्री ओलीबिरुद्ध गत पुस ५ गतेको संसद विघटनदेखि विपक्षी गठबन्धन बनाई शान्तिपूर्ण आन्दोलन गरिरहेको कांग्रेसले मौका छोप्दै केन्द्रसहित सातै प्रदेशमा सरकार बनाउन पहल गरिरहेको छ । माधव नेपाल पक्ष र जसपाको उपेन्द्र यादव समूह तथा माओवादी केन्द्रलाई साथमा लिएर सबै प्रदेशमा सत्तासाझेदारी गर्ने काँग्रेसको भित्री रणनिति सफल बन्दै गएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #एमालेको घरझगडा, #नेपाली कांग्रेस
ताजा खबर
- १२१ निर्वाचन क्षेत्रमा पार्टीभित्र ठूलो अन्तर्घातले काँग्रेस पराजित भयो
- २निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश
- ३गगन थापाको राजीनामा अस्वीकृत,यी हुन् अस्वीकृत गर्ने आधारहरू
- ४रविलाई बालुवाटारमा प्रधानमन्त्रीले भनिन्– देश रोएको छ, सम्हालिएर अघि बढ्नू
- ५‘फेवातालको किनारबाट सिंहदरबारलाई अल्टिमेटमः ‘भाषणको रेल होइन, बाँच्ने आधार चाहियो’



तपाईको कमेन्ट लेख्नुहोस्