६ हजार ६३६ जना कोरोनामुक्त, थप ३ हजार ४७९ संक्रमित, ९९ जनाको को मृत्यु
काठमाडौं । पछिल्लो २४ घन्टामा थप ३ हजार ४ सय ७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा गराएका १० हजार ४ सय ७१ नमूनाको पीसीआर परीक्षणबाट ३ हजार २४ जना र ३ हजार २ सय ६२ एन्टिजेन परीक्षणबाट ४ सय ५५ गरी ३ हजार ४ सय ७९ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घन्टामा थप ६ हजार ६३६ जनाले कोरोना जितेका छन् भने ९९ जनाको कोरोनाबाट मृत्यु भएको छ। हाल ८९ हजार २१७ जना कोरोनाका सक्रिय संक्रमित छन् भने क्वारेन्टाइनमा ७ सय ३१ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हाल सक्रिय संक्रमितको संख्या ८९ हजार ८९ हजार २ सय १७ छ।
यस्तै काठमाडौं उपत्यकामा १ हजार १ सय ३१ जना कोरानाका बिरामी थपिएका छन्। गत एकसाताको विवरण हेर्दा हरेक दिन संक्रमित हुनेभन्दा डिस्चार्ज हुनेको संख्या बढ्दै गएको मन्त्रालयले जनाएको छ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #कोरोना भाइरस संक्रमण, #कोरोनाका सक्रिय संक्रमित
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्