प्रधानमन्त्री ओलीले गरे १३ औं पटक मन्त्रीमण्डल बिस्तार,कहिले को मन्त्री बने ?

काठमाडौं । प्रधानमन्त्री भएको २ वर्ष ३ महिनाको अवधिमा केपी ओलीको १३ औं पटक मन्त्रीमण्डल बिस्तार गर्न लागेका छन । जनता समाजवादी पार्टीको महन्थ–राजेन्द्र समु्हलाई सरकारमा सहभागी गराउन फेरी मन्त्रीमण्डल बिस्तार गर्न लागीएको हो । यसरी हेर्दा नेकपा एमाले नेतृत्वको वर्तमान सरकारमा प्रधानमन्त्री स्थीर भएपनि मन्त्रीहरु भने सधै अस्थीर देखिएका छन ।
प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा धेरै नेताहरुले मन्त्री बन्ने अवसर पाएका छन । सरकार गठन भएदेखि पटक पटक मन्त्रीमण्डल विस्तार तथा फेरबदल हुँदा अधिकांश नेताहरुलाई मन्त्री बन्ने अवसर जुरेको हो । ३ फागुन ०७४ मा प्रधानमन्त्री भएका केपी ओलीको मन्त्रीमण्डल विस्तारको श्रृंखला देहाय बमोजीम रहेको छ ।
पहिलो पटक– २०७४ फागुन ३ गते
थममाया थापा–महिला,बालबालिका तथा जेष्ठ नागरिक मन्त्री
दोस्रो पटक– २०७४ फागुन १४ गते
ईश्वर पोखरेल– रक्षामन्त्री
राम बहादुर थापा – गृहमन्त्री
युवराज खतिवडा –अर्थ र सुचना तथा संचार प्रविधीमन्त्री
मातृका यादव–उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री
तेश्रो पटक– २०७४ चैत २ गते
लालबाबु पण्डित–संघिय मामिला तथा सामान्य प्रशासनमन्त्री
प्रदिप कुमार ज्ञवाली– पररास्ट्रमन्त्री
गिरिराजमणी पोखरेल– शिक्षा तथा विज्ञान प्रविधिमन्त्री
रघुविर महासेठ – भौतिक योजना तथा यातायातमन्त्री
रविन्द्र अधिकारी– संस्कृती पर्यटन तथा नागरिक उड्डयनमन्त्री
शेर बहादुर तामाङ– कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्रि
बर्षमान पुन –जलस्रोत तथा उर्जामन्त्री
गोकर्ण विष्ट –श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री
शक्ती बहादुर बस्नेत– वन तथा बातावरणमन्त्री
विना मगर–खानेपानीमन्त्री
चक्रपाणी खनाल – कृषि तथा पशुपंछीमन्त्री
जगत बहादुर विश्वकर्मा–युवा तथा खेलकुदमन्त्री
रामकुमारी चौधरी – युवा तथा खेलकुद राज्यमन्त्री
धन बहादुर बुढा– संस्कृती पर्यटन तथा नागरिक उड्ड्ययन राज्यमन्त्री
गोकुल बास्कोटा–सुचना तथा संचार प्रविधी राज्यमन्त्री
पद्मा कुमारी अर्याल– स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री
चौँथो पटक– २०७५ जेठ १८ गते
उपेन्द्र यादव– उपप्रधानमन्त्री सहित स्वास्थ्य तथा जनसंख्या मन्त्री
ईश्वर पोखरेल– उपप्रधानमन्त्री सहित रक्षामन्त्री
गोकुल बास्कोटा–सुचना तथा संचार प्रविधीमन्त्री
मोहम्मद इस्तियाक राई– शहरी बिकास मन्त्री
पाँचौ पटक– २०७५ साउन १८ गते
भानुभक्त ढकाल–कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री
पद्मा कुमारी अर्याल –भुमी व्यवस्था,सहकारी तथा गरिवी निवारण मन्त्री
सुरेन्द्र कुमार यादव– स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री
छैठौँ पटक– २०७६ साउन १५ गते
योगेश भट्टराई– संस्कृती,पर्यटन तथा नागरिक उड्डयन मन्त्री
सातौँ पटक– २०७६ मङ्सिर ४ गते
लेखराज भट्ट– उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री
भानुभक्त ढकाल – स्वास्थ्य तथा जनसंख्यामन्त्री
रामेश्वर राय यादव – श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री
आठौँ पटक– २०७६ मङ्सिर ५ गते
उपेन्द्र यादव – उपप्रधान सहित कानून मन्त्री
हृदयेश त्रिपाठी –संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री
पार्वत गुरुङ –महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री
वसन्त कुमार नेम्वाङ –भौतिक योजना तथा यातायातमन्त्री
घनश्याम भुसाल –कृषि तथा पशुपंछी मन्त्री
नवराज रावत –स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री
मोतिलाल दुगड–उद्योग वाणिज्य तथा आपुर्ती राज्यमन्त्री
रामविर मानन्धर – शहरी बिकास राज्यमन्त्री
नवौँ पटक– २०७६ पुष १० गते
भानुभक्त ढकाल–कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री
गोकुल प्रसाद बाँस्कोटा –शहरी विकास मन्त्री
दशौँ पटक– २०७६ फागुन ५ गते
डां शिवमाया तुम्बाहाङफे –कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री
एघारौँ पटक–२०७७ पुष १० गते
टोपबहादुर रायमाझी–ऊर्जा, जलस्रोत तथा सिँचाइ
मणि थापा–खानेपानी
प्रभु साह–सहरी विकास
गौरीशंकर चौधरी– श्रम तथा रोजगार
दावा लामा तामाङ– युवा तथा खेलकुद
गणेशसिंह ठगुन्ना–सामान्य प्रशासन
प्रेम आले– वन तथा वातावरण
जुलीकुमारी महतो–महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री
विमला विश्वकर्मा– उद्योग राज्यमन्त्री
नेकपाको विघटन पछी एमाले प्रवेश गरेका नेताहरुलाई माओवादी केन्द्रले सांसद नरहने गरी कारवाही गरेपछि मन्त्री पद पनि गुम्न पुगेको थियो । २०७७ चैत्र २७ गते ति नेताहरुलाई पुनः मन्त्रीमा नियुक्त गर्दै प्रधानमन्त्री ओलीले १२ औं पटक मन्त्रीमण्डल विस्तार गरेका थिए ।
अहिले जसपाको महन्थ–राजेन्द्र समुहलाई सरकारमा सहभागी गराउन १३ औं पटक मन्त्रीमण्डल विस्तारको तयारी संगै मन्त्रीहरु कहिले एक मन्त्रालयवाट अर्को मन्त्रालयमा त, कहिले मन्त्रीमण्डल बाटै आउट हुदाँ नयाँ–नयाँ अनुहारले पनि मन्त्री बन्ने अवसर पाईरहेका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #ओली नेतृत्वको सरकार, #ओलीको १३ औं पटक मन्त्रीमण्डल बिस्तार
ताजा खबर
- १महेश बस्नेत र दुर्गा प्रसाईँको मंसिर ७ को आन्दोलन (भिडियोसहित)
- २अव माइतीघरदेखि बानेश्वरसम्म आन्दोलन गर्न नपाइने, लगाइयो निषेधाज्ञा !
- ३रुकुमपश्चिममा जिप दुर्घटना, २२ जना घाइते, ५ को अवस्था गम्भिर
- ४उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरियो यस बर्षको छठ पर्व
- ५टिकटक प्रयोग भएको पाइएमा खबर गर्न दुरसञ्चार प्राधिकरणको आग्रह
तपाईको कमेन्ट लेख्नुहोस्