काठमाडौं उपत्यकामा जेठ ३१ सम्म निषेधाज्ञा थपियो,केही खुकुलो बनाउदै यी क्षेत्र खोलियो
काठमाडौं । उपत्यकामा जेठ २१ गतेदेखि पुनः ११ दिन निषेधाज्ञा थप भएको छ । बुधबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । यसअघि वैशाख १६ गतेदेखि सुरु भएको निषेधाज्ञा थप गर्दै जेठ २० गतेसम्म पुर्याइएको थियो ।
जेठ १४ गतेदेखि किराना पसलहरु पनि बन्द गरिएको थियो । अब भने किराना पसल बिहान ९ बजेसम्म खुला गर्ने निर्णय भएको छ । यस्तै सवारी साधन मर्मतका लागि वर्कशपहरु राति ९ बजेदेखि बिहान ९ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ। यस्तै निर्माण सामग्री ढुवानीका लागि भने सवारी साधनहरु राति ९ देखि बिहान ४ बजेसम्म सञ्चालन गर्न पाइने छ।
पत्रकार तथा सञ्चारकर्मीलाई सूचना तथा प्रसारण विभागको प्रेस पासका आधारमा आवतजावतमा सहजीकरण गर्ने र विभागको पास नभएकाले जिल्ला प्रशासनबाट लिएको पासका आधारमा आवातजावत गर्न पाइने आदेशमा उल्लेख छ। जनप्रतिनिधि, संवैधानिक निकायका पदाधिकारी तथा सचिव, न्यायाधीश, मन्त्रालयका सचिव, विभागीय प्रमुख र मन्त्रालयका सहसचिव आफ्नो परिचयपत्रका आधारमा आवतजावत गर्न पाउनेछन्। यीबाहेक अधिकांश क्षेत्र यथावत् रुपमा बन्द रहने छन् भने अत्यावश्यक भनेर तोकिएका क्षेत्रमा सामाजिक दूरी र स्वास्थ्यका मापदण्डको पूर्ण पालना गरेर सञ्चालन गर्न दिइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
के–के खोल्न पाइन्छ त ?
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #किराना पसल, #निषेधाज्ञा थप
ताजा खबर
- १सर्वोच्चद्वारा कांग्रेस सभापति गगन थापाको नेतृत्वलाई आधिकारिकता, विशेष महाधिवेशन अनुमोदित
- २हर्क साम्पाङको सरकारलाई प्रस्तावः स्थायी नियुक्ति खारेज गरी करार प्रणाली लागू गर्न कानुन संशोधन गरौँ
- ३सभामुख अर्यालको प्रतिवद्धताः ‘राम्रा नजिर पछ्याउँछु, गल्ती भए माफी माग्न तयार छु’
- ४धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले दिए राजीनामा
- ५पशुपतिको जग्गामा बनेका अनधिकृत टहरामाथि काठमाडौं महानगरले चलायो डोजर







तपाईको कमेन्ट लेख्नुहोस्