Techie IT
  • १ असार २०७८, मंगलबार
KhojPatrika

ओली सरकारको चुनाव लक्षित बजेट,लोकप्रिय बन्न यस्ता कार्यक्रम


 काठमाडौं । प्रतिनिधि सभा विघटन गरेर निर्वाचन घोषणा गरेको ओली सरकारले पपुलिस्ट बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिवार आर्थिक वर्ष २०७८्७९ को बजेट प्रस्तुत गर्दै लोकप्रिय कार्यक्रमहरु घोषणा गरेका हुन् ।
अर्थमन्त्री पौडेलले बाचन गरेको बजेटका लोकप्रिय कार्यक्रमका बुँदाहरु 
१.ज्येष्ठ नागरिक भत्ता बृद्धि – मासिक ४ हजार रुपैयाँ
२.आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सरकारी कर्मचारीलाई १० दिन तलबसहित पर्यटन बिदा दिने
३.शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने, ब्याजदर ५ प्रतिशत
४.लघु, घरेलु, साना उद्यम, वैदेशिक रोजगारीमा फर्किएका युवालाई ५ प्रतिशत ब्याजदरमा सहुलियत दिन बजेट विनियोजन
५. तरकारी, दूध र माछा९मासुको ढुवानी गर्दा किसानले २५ प्रतिशत अनुदान पाउने
६.बिद्यार्थीलाई ल्यापटप किन्न ८० हजार कर्जा र सिम कार्ड निःशुल्क दिने
७.निषेधाज्ञामा २० युनिटसम्म विद्युत खपत गर्नेलाई शत प्रतिशत छुट
८.३ वर्षभित्र रासायनिक मल कारखाना स्थापनाका लागि काम सुरु गरिने
९.निषेधाज्ञामा खाद्य कम्पनी र साल्ट ट्रेडिङबाट खाद्यान्न र ग्यास किन्दा २० प्रतिशत छुट
१०.विवादित गरिबी निवारण कोष खारेज
११. स्टार्टअप व्यवसायलाई परियोजना धितो राखेर १ प्रतिशत ब्याजमा २५ लाखसम्म कर्जा
बजेटमा रहेका थप कार्यक्रमहरु बुँदागत रुपमा हेर्नुहोस्
– खोप खरिदका लागि २६ अर्ब ७५ करोड विनियोजन ।
–कोरोना नियन्त्रण र उपचारका लागि ३६ अर्व ५३ करोड विनियोजन
– अक्सिजन उत्पादन कम्पनीलाई ५० प्रतिशत अनुदान दिइने ।
– युवा उद्यमीलाई १ प्रतिशत ब्याजमा ऋण उपलब्ध गराइने ।
– विद्यार्थीलाई निशुल्क सिमकार्ड । सहुलियत ऋणमा ल्यापटपकिन्न ८० हजार उपलब्ध गराइने
– महिला बालिकाको सुरक्षाका लागि १ अर्ब २० करोड विनियोजन ।
– प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब विनियोजन ।
– निषेधाज्ञा अवधिभर विजुली महसुलमा सहुलियत दिइने ।
– सबै सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत बढ्यो ।
– गरीबसँग विश्वेश्वर कार्यक्रम यथावत, गरिवी निवारण कोष खारेज ।
– दिगो वन व्यवस्थापन सञ्चालन गरिने ।
– ३ वर्षमा रासायनिक मल कारखाना बनाउन १२ अर्ब बिनियोजन ।
– उखु किसानलाई १५ दिनभित्र रकम भुक्तानीका लागि ८४ करोड विनियोजन ।
– दूध र तरकारीमा २ वर्षभित्र आत्मनिर्भर बन्ने । गहुँमा ५ वर्ष र धानमा ५ वर्षभित्र आत्मनिर्भर बन्ने ।
– कृषि तथा पशुपालन विकासका लागि ४५ अर्ब ९ करोड विनियोजन ।
– वन क्षेत्रमा सामुहिक खेतीलाई प्रोत्साहन,निजी जग्गामा रुख रोप्न प्रोत्साहन,सडकका किनारामा फलफूलका विरुवा रोपिने ।
– सबै प्रदेशमा चिडियाखाना स्थापना गरिने ।
– पेट्रोलबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीमा रुपान्तरण गरेमा सहुलियत दिइने ।
– आगामी साउनदेखि ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको झोलाको उत्पादन र विक्री वितरण गर्न नपाइने ।
– काठमाडौंमा अन्तराष्ट्रिय प्रदर्शनी केन्द्र स्थापना गरिने ।
– २०८८ सम्म पेट्रोलियम सवारी साधनलाई विद्युतीय गाडीले विस्थापन गर्ने ।
– पर्यटन क्षेत्रमा २८ अर्ब २७ करोड बजेट विनियोजन । यो चालु आर्थिक वर्षको भन्दा १ अर्ब ३५ करोड बढी हो ।
– साल्ट ट्रेडिङसँग र खाद्य कम्पनीबाट ग्यास र खाद्यान्न किन्दा २० प्रतिशत छुट ।
–बालविकास कक्षाका शिक्षक शिक्षिकाको तलव १५ हजार
–काठमाडौंका उद्योग मकवानपुर सारे थप सुविधा प्रदान गरिने
–सरकारले मेडि इन नेपाल मेक इन नेपाल सञ्चालन गर्ने
–सञ्चारकर्मीमा सरकारी अस्पतालमा निशुल्क उपचार र ७ लाख बराबरको विमाको घोषणा

क्याटेगोरी : अर्थ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #ओली सरकारले पपुलिस्ट बजेट

तपाईको कमेन्ट लेख्नुहोस्