Techie IT
  • ३० माघ २०८१, बुधबार
KhojPatrika

कहिले आउला खोप,जनता छन् प्रतिक्षामा


यतिबेला हरेक नागरिकको मनमा दुई प्रश्नहरु खेलिरहेका छन् । तर, उत्तर अनिश्चित जस्तै छ । एउटा कोरोना भाइरस कहिलेबाट हट्छ होला ? अर्को कोरोनाविरुद्धको खोप कहिले आउँछ र लगाउन पाइन्छ ? तर, केही सहज मानिएको दोश्रो प्रश्नको उत्तर दिन समेत हाम्रा शासक प्रशासकहरु जिम्मेवार बनिरहेका छैनन । कुल जनसंख्याको ७२ प्रतिशतलाई प्राथमिकता तोकेर कोरोना भाइरस बिरुद्धको निशुल्क खोप लगाउने अभियान सुरु गरेको सरकार अहिले खोप ल्याउन सकिरहेको छैन ।

भारतले अनुदानमा दिएको १० लाख खोपसँगै माघ १४ गतेबाट खोप अभियान सुरु भएपछि नेपालमा सरकार आफैले खरिद गरेको १० लाख, नेपाली सेनालाई भारतीय सेनाले सहयोग स्वरुप दिएको १ लाख, खोपसम्बन्धी विश्वव्यापी अभियान ‘कोभ्याक्स’ सुविधाबाट उपलब्ध तीन लाख ४८ हजार गरी २४ लाख ४८ हजार कोभिशील्ड खोप भित्रिएको छ । खोप खरिदका लागि नेपालले भारतसमक्ष कूटनीतिक पहल जारी राखेपनि तत्काल खोप आउने सम्भावना देखिएको छैन । कोभ्याक्स सुविधाअन्तर्गत नेपालले १९ लाख २० हजार डोज खोप पाउने तय भएको थियो ।

गत २३ फागुनमा पहिलो चरणमा तीन लाख ४८ हजार डोज कोभिसिल्ड खोप मात्रै पठाएपछि युनिसेफले नेपाललाई उपलब्ध गराइनेमध्येको यो पहिलो चरणको सहयोग भएको र आगामी मेसम्म १९ लाख २० हजार डोज खोप नेपालले पाउने बताएको थियो । तर उक्त खोप समेत समयमे आउने सकेत सकेत छैन् । अहिलेको संक्रमण र खोप उपलब्धताको आधारमा हेर्ने हो भने, सम्पूर्ण जनसंख्यालाई खोप दिनसक्ने सम्भावना छैन । हाल नेपालमा जम्मा सात प्रतिशत व्यक्तिहरुले मात्र खोप लगाएका छन् ।

अहिलेको अवस्थामा महामारीलाई कसरी रोकथाम गर्ने भन्नेबारे सोच्नुपर्ने अवस्थामा महामारीलाई नजिकबाट नियालीरहेको सरकारले आफनो कुर्सीको रक्षार्थ गरेको सभा, सम्मेलन र गोष्ठीकाकारण अस्पतालमा शैया, अक्सिजन, आइसियु तथा भेन्टिलेटरको अभावमा ज्यान जादा समेत सरकार गम्भिर बन्न सकेको छैन् । संक्रमण रोग नियन्त्रणका लागि खोप अहिलेको प्रमुख विकल्प भएतापनि खोप कहिले आउछ भन्ने जवाफ सरकारसग छैन् ।

राज्यको प्राथमिकता तथा सारा स्रोत कोरोना रोकथाम तथा नियन्त्रणमा लाग्नुपर्ने हो । तर, यसो हुन सकेको छैन । रातारात पहल गरेर खोप ल्यान अग्रसर बन्नुपर्ने सरकार अर्बाै रकम खर्च गरेर चुनाव गर्ने तयारीमा जुटेको छ । संक्रमणको चपेटमा परेको यस्तो अवस्थामा सरकारले नागरिकको वेवास्ता गर्ने र आफ्नो पद जोगाउने खेरमा मात्रै लाग्दा नागरिकमा निरासा देखिएको छ ।


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #१० लाख खोप


तपाईको कमेन्ट लेख्नुहोस्