पछिल्लो २४ घण्टामा कोरोनाबाट १ सय ६९ जनाको मृत्यु

नेपालमा मंगलबार थप ८ हजार ६ सय ३६ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको २२ हजार ३ सय ६ पिसिआर परिक्षणका क्रममा ८ हजार ३ सय ८७ र ६ सय ३० एन्टीजेन परिक्षणका क्रममा २ सय ४९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख २८ हजार ८ सय ४८ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १ सय ६९ जनाको मृत्यु भएको छ ।
हालसम्म नेपालमा ६ हजार सात सय जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप ६ हजार चार सय ४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा चार लाख ४ हजार ८ सय ८७ जना संक्रमणमुक्त भएका छन् ।
हाल नेपालमा १ लाख १७ हजार २ सय ६१ सक्रिय संक्रमित आइशोलेशनमा र ९ सय १४ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा २९ लाख ५८ हजार ६ सय २० वटा पिसिआर परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, शिक्षा स्वास्थ्य
ट्याग : #कोरोना पुष्टि
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्