कोरोना नियन्त्रणमा राजु केसीको सहयोग, रुकुमपश्चिमस्थित सल्ले अस्पतालाई स्वास्थ्य सामाग्री हस्तान्तरण
काठमाडौं । नेपाली काँग्रेस रुकुमपश्चिमका महाधिबेशन प्रतिनिधि राजु केसीले दुई लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । युवा ब्यवसायी समेत रहेका केसीले जिल्लामा फैलिएको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारमा सहयोग पुर्याउने उदेश्यले जिल्ला अस्पताल सल्लेलाई २ लाख बराबरको सहयोग उपलब्ध गराएका हुन् । मुसिकोट नगरपालिका वडा नं १ खलंगा घर भई केसी हाल काठमाडौको किर्तिपुरमा बस्दै आएका छन् ।
आरटी ट्रेडर्स प्रालि का सञ्चालक समेत रहेका केसीले पठाएको स्वास्थ्य सामाग्री स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमलाई र सहायता फाउण्डेशनको कोषमा केही रकम जम्मा गरेर सहयोग उपलब्ध गराएका हुन् । जिल्लामा कोरोना संक्रमित दैनिक बढ्दै गएको र र एन्टिजीन किटको अभावका कारण परिक्षणको दायरा समेत कम भएको छ । तर, अव किट सहयोग भएपछि परिक्षण हुने भएको छ ।
केसीले सहयोग गरेको एन्टिजिन परिक्षण किट २ सय थान, सर्जिकल फेस मास्क २ हजार ५ सय थान, अक्सोमिटर १२ थान समाजसेवी शिवराम खत्री मार्फत कार्यालयलाई हस्तान्तरण गरिएको हो । यी सामाग्रीको मुल्य १ लाख ६१ हजार ४ सय ९९ रहेको केसीले बताएका छन् । केसीले सहायता फाउण्डेसनको खातामा ३८ हजार ५ सय रकम जम्मा गरेर अन्य सामाग्री खरिदका लागि समेत सहयोग गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमलाई पनि ५ सय थान सर्जिकल माक्स र १ वटा अक्सोमिटर केसीले उपलब्ध गराएका छन् । रुकुम पश्चिममा कोरोना रोकथाम तथा नियन्त्रणका लागि एक जना व्यक्तिद्धारा ठुलो सहयोग प्रदान भएको यो पहिलो हो । गृहजिल्लामा कोरोना नियन्त्रण गर्न सहयोग पुगोस र स्वास्थ्य सामाग्रीको अभावमा कसैले ज्यान गुमाउन नपरोस भन्दै आफूले सहयोग गरेको केसीको भनाई छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #आरटी ट्रेडर्स प्रालि का सञ्चालक, #राजु केसी
ताजा खबर
- १सर्वोच्चद्वारा कांग्रेस सभापति गगन थापाको नेतृत्वलाई आधिकारिकता, विशेष महाधिवेशन अनुमोदित
- २हर्क साम्पाङको सरकारलाई प्रस्तावः स्थायी नियुक्ति खारेज गरी करार प्रणाली लागू गर्न कानुन संशोधन गरौँ
- ३सभामुख अर्यालको प्रतिवद्धताः ‘राम्रा नजिर पछ्याउँछु, गल्ती भए माफी माग्न तयार छु’
- ४धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले दिए राजीनामा
- ५पशुपतिको जग्गामा बनेका अनधिकृत टहरामाथि काठमाडौं महानगरले चलायो डोजर





तपाईको कमेन्ट लेख्नुहोस्