रुकुमपश्चिम जाने बस भिरबाट खस्दा ४ जनाको मृत्यु

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलरासीको दाउन्नेमा बस भिरबाट खस्दा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा ४२ जना घाइते भएका छन् । केही घाइतेको अवस्था गम्भिर रहेको बताइएको छ ।
काठमाडौंबाट रुकुम जाँदै गरेको ना ५ ख २७१३ नम्बरको बस दाउन्ने भिरबाट खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ । दुर्घटनामा मृत्यु हुनेहरूमा रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाकी २७ वर्षीया कल्पना पुनको मात्र सनाखत भएको छ ।
घाइतेमध्ये ३५ जनाको चिसापानी सामुदायिक अस्पताल बर्दघाटमा उपचार भइरहेको छ भने सात जनालाई थप उपचारका लागि प्रादेशिक अस्पताल बुटवल पठाइएको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, समाचार
ट्याग : #काठमाडौंबाट रुकुम जाँदै
ताजा खबर
- १महेश बस्नेत र दुर्गा प्रसाईँको मंसिर ७ को आन्दोलन (भिडियोसहित)
- २अव माइतीघरदेखि बानेश्वरसम्म आन्दोलन गर्न नपाइने, लगाइयो निषेधाज्ञा !
- ३रुकुमपश्चिममा जिप दुर्घटना, २२ जना घाइते, ५ को अवस्था गम्भिर
- ४उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरियो यस बर्षको छठ पर्व
- ५टिकटक प्रयोग भएको पाइएमा खबर गर्न दुरसञ्चार प्राधिकरणको आग्रह
तपाईको कमेन्ट लेख्नुहोस्