रुकुमपश्चिम जाने बस भिरबाट खस्दा ४ जनाको मृत्यु
काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलरासीको दाउन्नेमा बस भिरबाट खस्दा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा ४२ जना घाइते भएका छन् । केही घाइतेको अवस्था गम्भिर रहेको बताइएको छ ।
काठमाडौंबाट रुकुम जाँदै गरेको ना ५ ख २७१३ नम्बरको बस दाउन्ने भिरबाट खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ । दुर्घटनामा मृत्यु हुनेहरूमा रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाकी २७ वर्षीया कल्पना पुनको मात्र सनाखत भएको छ ।
घाइतेमध्ये ३५ जनाको चिसापानी सामुदायिक अस्पताल बर्दघाटमा उपचार भइरहेको छ भने सात जनालाई थप उपचारका लागि प्रादेशिक अस्पताल बुटवल पठाइएको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, समाचार
ट्याग : #काठमाडौंबाट रुकुम जाँदै
ताजा खबर
- १बालेन सरकारको सय दिन, प्रशासनिक सुधार, सार्वजनिक सेवाप्रवाहमा जोड
- २कांग्रेसको इतर पक्षले २२ गतेदेखि चुनदेवीस्थित नयाँ कार्यालयबाट काम गर्ने
- ३शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्न गगनको सुझाव
- ४बालेन सरकार ऐनले नचिनेका व्यक्तिको स्वेच्छाचारी शासन भएको एमालेको निष्कर्ष
- ५जनताले महशुस हुनेगरी काम गर्न नसकेको हर्कराज राईको जिकिर



तपाईको कमेन्ट लेख्नुहोस्