अस्पताललाई दिइएको अक्सिजनको कोटा स्थगित,मन्त्रालयले लियो जिम्मेवारी

काठमाडौं । कोभिड १९ संक्रमितहरुको उपचार तथा व्यवस्थापन गर्न कोभिड १९ अस्पतालहरुमा अक्सिजनको आपूर्ति व्यवस्थापनलाई सहजीकरण गर्ने निर्णय गर्दै यसअघिको निर्णय फिर्ता लिएको छ । मन्त्रालयले अक्सिजन उद्योगहरुलाई पत्र पठाउँदै अस्पतालहरुमा साबिककै नियमित ढुवानी प्रक्रियाबाट मेडिकल अक्सिजन उपलब्ध गराउन अनुरोध गरेको छ।
अर्को व्यवस्था नभएसम्मका लागि साविककै अनुसार अस्पताललाई अक्सिजन उपलब्ध गराउन मन्त्रालयले पत्रचार गरेको हो। साथै आकस्मिक व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालयको अक्सिजन वितरण व्यवस्थापन गर्ने उच्चस्तरीय टोलीको निर्णय र निर्देशनअनुसार स्थानीय प्रशासनसँग सहकार्य र सरोकारवालसँग समन्वय गर्न अनुरोध गरेको छ।
यसअघि सीसीएमसीले कोटा निर्धारण गरेर वितरण गर्न सुरु गरेको थियो। त्यसो गर्दा अस्पतालहरुमा अक्सिजनको अभाव झन चर्कोरुपमा बढ्दै गएको थियो। यस्तो अवस्था आएपछि मन्त्रालयले पुनः साबिक बमोजिम नै अक्सिजन उपलब्ध गराउन भनेको हो।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #अक्सिजनको अभाव
ताजा खबर
- १महेश बस्नेत र दुर्गा प्रसाईँको मंसिर ७ को आन्दोलन (भिडियोसहित)
- २अव माइतीघरदेखि बानेश्वरसम्म आन्दोलन गर्न नपाइने, लगाइयो निषेधाज्ञा !
- ३रुकुमपश्चिममा जिप दुर्घटना, २२ जना घाइते, ५ को अवस्था गम्भिर
- ४उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरियो यस बर्षको छठ पर्व
- ५टिकटक प्रयोग भएको पाइएमा खबर गर्न दुरसञ्चार प्राधिकरणको आग्रह
तपाईको कमेन्ट लेख्नुहोस्