कोरोना संक्रमित बोक्न एम्बुलेन्स चालकको बाहनाबाजी, ६ सय लिनुपर्ने ठाउँमा १५ हजारसम्म लुट

काठमाडौं । बिरामीका लागि अस्पतालसम्म पुग्ने सहज र भरपर्दो माध्यम हो एम्बुलेन्स । अझ कोरोनाको दोस्रो लहरको संक्रमण तीव्र भएपछि निषेधाज्ञाका कारण बिरामीलाई अस्पताल पुर्याउन एम्बुलेन्स नै चाहिन्छ । तर, एम्बुलेन्सले बिरामी बोक्नै नमान्ने र बोकेपनि मनपरी भाडा लिदा सर्वसाधारण मर्कामा परेका छन् । एम्बुलेन्सलाई आकस्मिक सेवाको महत्वपूर्ण साधनको रुपमा लिइन्छ । नेपालमा जिल्ला एम्बुलेन्स सञ्चालन समितिले एम्बुलेन्सको भाडा र शुल्क निर्धारण गरेको हुन्छ ।
जिल्ला भित्रका एम्बुलेन्सहरुले त्यही तोकेको भाडाको आधारमा सेवा दिनुपर्ने हुन्छ । तर, अहिले प्राइभेट एम्बुलेन्स चालकहरुले कोरोना महमारीको समयमा बिरामी बोके बापत मनपरी भाडा असुलिरहेका छन् । निषेधाज्ञा र आकस्मिक अवस्थालाई देखाएर एम्बुलेन्सहरुले बार्गेनिङ गर्ने, भने जति नदिए सेवा नै नदिने जस्तो अमानवीय र अनुचित कामहरु गर्दै आएका छन् । सितापाइलाकी स्थानिय सविता मल्लले सोमबार आफनो श्रीमान बिरामी भएर अस्पताल जानै पर्ने अवस्था भएपछि एउटा एम्बुलेन्स खोजेर के एम सी अस्पताल ल्याएर घर पुर्याए बापत १० हजार तिर्न पर्यो ।
यस्तो अवस्थामा मानवता नै बिर्षेर भाडा लिएको उहाँको गुनासो छ । यस्तै रौटाहटबाट आफनी आमालाई ग्यास्टिकले च्यापेपछि आमालाई लिएर वीर अस्पताल आइपुगेका प्रमोद जैसवालको पनि समस्या उही छ । उनले पनि काठमाडौं ल्याए बापत १५ हजार तिरे । मान्छे भन्दा ठुलो पैसा नभएको कारण क्रृण लिएर भए पनि भने जति तिर्न बाध्य भएको उहाँको गुनासो छ ।
कोरोना महमारीको समयमा निशुल्क रुपमा बिरामीका सेवा गर्नेहरु छन् । सत्य शाही केन्द्घले अहिले निशुल्क बिरामीको सेवा गरिरहेको छ । बिरामीलाई सेवा गरे बापत इच्छा लाग्नेले दिने नभए भाडा नमागेको एम्बुलेन्स चालक कृष्ण राज थापा बताउछन् । महमारीको समयमा एम्बुलेन्स चालकहरुले मनपरी भाडा लिने हुदा सर्वसाधारण मर्काका परेका छन् । हरेक मानिस निषेधाज्ञाका कारण घरभित्रै छन् । उनीहरुलाई आपतकालीन अवस्थामा एम्बुलेन्स नै चाहिन्छ । तर, महामारीको दाउमा कमाउ धन्दा गर्ने एम्बुलेन्स चालक र संस्थालाई सरकार कारवाही नै गर्न सकेको छैन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #एम्बुलेन्सहरुले त्यही तोकेको भाडाको
तपाईको कमेन्ट लेख्नुहोस्