कोरोना संक्रमित बढेसँगै देशभरका अस्पतालमा अक्सिजनको अभाव

काठमाडौं । बजारमा अक्सिजन अभावको हल्ला चल्न थालेपछि उपभोक्ताले घरमै सिलिण्डर थुपार्न थालीसकेका छन् । जसले गर्दा बजारमा सिलिण्डरको अभाव देखिन थालेको छ । कोरोना लागेमा उपचार गर्न अस्पताल नै जानुपर्ने भन्दै मन्त्रालयले घरमा अनाश्वयक सिलिण्डर नथुपार्न उपभोक्तालाई अनुरोध गरिसकेको छ । केहीदिनमै अक्सिजन सिलिण्डर उपलब्ध हुने भन्दै अहिले जगेडाका रुपमा राखिएका अक्सिजन सिलिण्डर सरकारलाई उपलब्ध गराएर विरामीको ज्यान बचाउन मन्त्रालयले आग्रह गरेको हो ।
कोरोना संक्रमितको संख्या बढेसँगै देशभरका अस्पतालमा अक्सिजनको चरम अभाव देखिएको छ । अक्सिजन उत्पादनका लागि करिव २ दर्जनको हाराहारीमा उद्योगहरु सञ्चालनमा रहेपनि सिलिण्डरका लागि भारतकै भर पनुर्जपर्जे भएकोले समस्या सिर्जना भएको हो । नेपालमा १.५, ६.५ र ७ क्युभी लिटरको अक्सिजन सिलिन्डर बिक्री हुने गरको छ । घरमा प्रयोग गर्न भने १.५ क्युभी लिटरको सिलिन्डर प्रयोग हुने गरेको छ । हाल १.५ क्युभी लिटरको अक्सिजन सिलिन्डर घर लगेर स्टक राखीएसँगै सिलिण्डर अभाव भएको हो ।
नेपालमा ९७ करोड लगानीमा २२ वटा अक्सिजन प्लान्ट सञ्चालनमा रहेका छन् । सञ्चालित प्लान्टबाट उत्पादित अक्सिजनले अहिले खड्किएको अभाव पूर्ती हुन सम्भव छ, तर सिलिण्डर अभावले समस्या भइरहेको अक्सिजन उत्पादकहरु बताउँछन् । नेपालमा दर्ता भएका अक्सिजन उद्योगमध्ये एउटामा मात्रै विदेशी लगानी छ । काठमाडौं जिल्लामा ११ वटा अक्सिजन उद्योग सञ्चालित छन् भने अन्य उद्योगहरु उपत्यका बाहिर छन् । नेपालमा सहर केन्द्रित अक्सिजन उद्योग भएकाले पनि विकट ठाउँमा अक्सिजन पुर्याउन समस्या भएको छ । यध्यपी सिलिन्डरको अभाव हुँदा अक्सिजनको अभाव देखिदै गएको छ ।
स्वास्थ्य मन्त्रालयले अक्सिजन उद्योगलाई सुरक्षा दिने निर्णय समेत गरेको छ । कतिपय अस्पतालमा त आफ्नै अक्सिजन प्लाण्ट छन । बिग्रिएको अवस्थामा रहेका प्लान्टहरु पनि अहिले मर्मत गरेर चलाऊने तयारी भईरहेको छ । नेपालमा निजी क्षेत्रबाटै दैनिक आठ हजार सिलिण्डर अक्सिजन भर्ने क्षमता भए पनि अहिले करिबकरिब पाँच देखि ६ हजार भर्ने गरिएको छ । अस्पताल आफैँले जोडेको प्लान्ट छुट्टै छ । औद्योगिक क्षेत्रमा अक्सिजनको प्रयोग रोकेकाले अभाव नहुनेमा व्यवसायीहरु ढुक्क छन् ।
भारतमा कोभिड–१९ को सङ्क्रमण तीव्र भएकाले आन्तरिक अभाव हुने ठानेर अक्सिजन र सिलिल्डर निर्यातमा प्रतिबन्ध लगाएको थियो । नेपाल सरकारबाट त्यो प्रतिबन्ध खुलाउन कूटनीतिक प्रयास जारी छ । भारतमा अक्सिजन कै अभावमा कयौँले ज्यान गुमाइरहेका विवरणहरु सार्वजनिक भएकाले त्यसको असर हाल नेपालमा परेको हो । नेपालमा पनि बिरामीको चाप बढ्दो क्रममा रहेकाले अक्सिजनको माग बढ्ने निश्चित छ । त्यसतर्फ बेलैमा ध्यान दिन सकिएन भने भारतको जस्तै अवस्था आउनसक्ने जनस्वास्थ्यविद्को भनाइ छ ।
क्याटेगोरी :
देश/दुनियाँ,
ब्रेकिंग न्युज,
शिक्षा स्वास्थ्य,
समाचार
ट्याग : #अस्पतालमा अक्सिजनको अभाव
तपाईको कमेन्ट लेख्नुहोस्