सिंहदरबारभित्रै नायव सुब्बाको आन्दोलन,यस्ता छन् मागहरु
काठमाडौं । सिंहदरबारभित्रै नायव सुब्बा (नासु) हरूले आन्दोलन गरेका छन्। विभिन्न माग राखेर उनीहरूले बिहीबार सिंहदरबारको मुल सडकमै शान्तिपूर्ण आन्दोलन गरेका हुन्।
उनीहरूले ‘गिराएर मनोबल कस्तो खोजेको प्रतिफल ?’ जस्ता नाराहरु लेखेको प्लेकार्ड बोकेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि प्रदर्शन गरेका हुन्। सिंंहदरबारभित्रै आन्दोलन गरेपछि प्रदर्शन गरेकामध्ये चार जनालाई प्रहरीले पक्राउ गरेको छ।के–के छन् त नासुहरुका माग
१.रा.प. तृतीय श्रेणी शाखा अधिकृतसरहको पदपूर्तिमा ५० प्रतिशत खुल्ला, ३० प्रतिशत बढुवा र २० प्रतिशतमा आन्तरिक प्रतिस्पर्धाको व्यवस्था हुनुपर्ने। तर, कुनै पनि साविकको पदबाट अधिकतम १२ बर्षसम्म पनि बढुवा नभएमा स्वतः बढुवा प्रणालीबाट पदपूर्ति गरेर मात्र खुलातर्फ विज्ञापन गर्नुपर्ने। यो व्यवस्था संघीय निजामती सेवाबाट प्रदेश तथा स्थानीय तहमा समायोजन भई गएका निजामती कर्मचारीको हकमा पनि लागू हुनुपर्ने।
२. निजामती सेवामा प्रवेश गरिसकेका कर्मचारीलाई निजामती सेवाको पदपूर्ति हुने कुनै पनि परीक्षामा भाग लिन उमेर हद नलाग्ने र कुनै पनि निजामती कर्मचारीले खुल्ला प्रतिस्पर्धाबाट लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरेमा अघिल्लो पदको सेवा अवधिसमेत जोड्न पाउने विद्यमान निजामती सेवा ऐन, द्दण्द्धढ को व्यवस्था कायम हुनुपर्ने।
३.रा.प. प्रथम र रा।प। द्वितीय श्रेणीको खुल्लामा प्रतिस्पर्धा गर्न सम्बन्धित पदको लागि आवश्यक न्यूनतम शैक्षिक योग्यता भएको र निजामती सेवाको राजपत्र अनंकित पदमा रहेर ७ र ५ वर्ष काम गरेको भए योग्य हुन पाउनुपर्ने।
४.सबै तहमा श्रेणीगत वा तहगत एउटै व्यवस्था हुनुपर्ने।
५. सरुवा प्रणाली चक्रीय र पूर्वानुमानयोग्य हुनुपर्ने।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #सिंहदरबारभित्रै नायव सुब्बाको आन्दोलन
ताजा खबर
- १सरकारी कर्मचारीलाई अब १५ दिनमै तलब
- २पूर्णबहादुर खड्का निवास गोल्फुटारमा गगन थापा, कांग्रेसलाई एकताबद्ध बनाउने प्रयास
- ३रास्वपाको सचिवालय बैठकः वैशाख १५ देखि जिल्ला अधिवेशन शुरु हुने
- ४श्रम संस्कृति पार्टीबारे विज्ञहरुको टिप्पणीः शुरुवात राम्रो छ
- ५सर्वोच्चको फैसलाप्रति खड्का समूह असन्तुष्ट, पुनरावलोकनमा जाने संकेत



तपाईको कमेन्ट लेख्नुहोस्