चैत्र कृष्ण औंसीअर्थात घोडेजात्रा, यस्तो छ जात्राको इतिहास
काठमाडौं । आज घोडेजात्रा । चैत्र कृष्ण औंसीका दिन काठमाडौँ उपत्यकामा घोडेजात्रा मनाउने गरिन्छ । शहरका बालबच्चालाई दुःख दिन थालेपछि टुन्डी नामका राक्षसलाई टुँडिखेलमा गाडिएको र यसो गर्दा पनि दुःख दिन नछोडेपछि घोडाको टापले कुल्चाउने गरेको किंवदन्ती यो जात्रासँग सम्बन्धित छ ।
आज बिहानै सेनाको क्याभलरी युनिटले धर्मपथमा रहेको जुद्ध वारुणयन्त्र कार्यालय सामुन्नेको रेवन्त पीठ र नाट्येश्वरमा बलि दिएपछि उपत्यकामा यो जात्रा सुरु हुने परम्परा छ । घोडाको टापले थिचेर राख्ने प्रचलन अनुसार टुँडिखेलमा उत्सवका रूपमा घोडे जात्रा हुँदै आएको हो । जानकारका अनुसार पहिले नेवार समुदायले यो जात्रा टुँडिखेलमा गर्दै आएको भएपनि सैनिक ब्यारेकको स्थापनासँगै जनरल भीमसेन थापाको पालादेखि नेपाली सेनाले घोडा दौड, अश्व कला प्रदर्शन गरेर जात्रा मनाउन सुरु गरिएको हो ।
पाटनको बालकुमारीमा एउटा कानु घोडालाई हाहाहुहु गर्दै सहर डुलाएर यो जात्रा मनाउने चलन छ । टुँडिखेलमा जात्राको बढाइँ भएपछि फर्सी, लौका, सिमी, बोडी, घिरौँला लगायतका लहरे तरकारीको बीउ रोप्ने प्रचलन काठमाडौँ उपत्यकामा छ । पशुपति क्षेत्रमा भने यही जात्राको दिन बज्रेश्वरी र बच्छलेश्वरीको जात्रा गर्ने प्रचलन छ । काठमाडौं उपत्यकामा घोडेजात्राको अवसरमा सार्वजनिक बिदा दिइएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #घोडेजात्रा
ताजा खबर
- १सरकारले नै विस्थापित सुकुम्वासीलाई आज र भोलि खानाको व्यवस्था गर्ने
- २हेडसरलाई थर्काएको रास्वपा सांसद विश्वराज पोखरेलको भिडियो भाइरल, चौतर्फी आलोचना
- ३चल्यो सुकुम्बासी बस्तीमा डोजर,सरकारलाई सघाउदै निस्किए सुकुम्बासी, ५ स्थानमा बासस्थान
- ४जानकी नवमीः मिथिलाको गौरव र माता जानकीको प्रादुर्भाव
- ५रविलाई हर्कले सोधे–सुकुमबासीलाई धनीपूर्जा दिने बाचा गरेर चुपचाप घण्टीमा छाप मागेको होइन ?



तपाईको कमेन्ट लेख्नुहोस्