नेपाल पत्रकार महासंघमा बिपुल पोखरेलको जित सुनिश्चित,प्रेस युनियनले सुरु गर्यो विजयउत्सव मनाउन

काठमाडौं । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि भएको चुनावमा विपुल पोखरेलको प्यानलको जित निश्चित भएको छ । पहिलो पटक प्रत्यक्ष प्रणालीबाट भएको निर्वाचनमा प्रेस युनियनले सिंगै प्यानलमा जित हासिल गरेको हो । विपुल प्यानल जित सुनिश्चित भएको हो । अध्यक्षमा विपुल पोखरेलले प्रतिद्वन्द्वी निर्मला शर्मालाई दुई हजारभन्दा बढी भोटले पछि पारेका छन् । विपुलको जित निश्चित भएसँगै प्रेस युनियनले उनलाई खादा र माला लगाइदिएर विजयोत्सव मनाइरहेको छ ।
मत परिणामको औपचारिक घोषणा भने ५ बजेपछि गर्ने कार्यक्रम छ । पछिल्लो परिणामअनुसार प्रेस युनियन प्रेस संगठन तथा माधव नेपाल निकट प्रेस चौतारीसहित ११ संगठन सबै पदमा अगाडि छन् । पछिल्लो मत परिणाम अनुसार,पोख्रेल नेतृत्वको समूहले ५ हजार ३ सय मत र निर्मला शर्मा नेतृत्वको समूहले ३ हजार मत ल्याएको छ । गजेन्द्र बुढाथोकीले १ सय ७६ मत प्राप्त गरेका छन् ।
बुधबार महासंघको नयाँ नेतृत्व चयनका लागि देशभर मतदान भएको थियो । महासङ्घको केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला शाखा र विभिन्न प्रतिष्ठान तथा एसोसिएटमा नयाँ नेतृत्वका लागि १३ हजार बढी सदस्य मतदान प्रक्रियामा सहभागी थिए । केन्द्रीय समितिको ४९ पदका लागि १५२ को उम्मेदवारी परेको थियो भने केन्द्रीय समितिको अध्यक्षमा विपुल पोखरेल र निर्मला शर्माले प्यानलसहित उम्मेदवारी परेको थियो ।
यस्तै गजेन्द्र सिंह बुढाथोकी पनि अध्यक्षको प्रत्यासी रहेका थिए । महासङ्घका जिल्ला शाखा ७७, प्रतिष्ठान शाखा ४२, एसोसिएट सदस्य ११, वैदेशिक शाखा नौ, प्रदेश परिषद् १०, प्रदेश समिति १०, केन्द्रीय परिषद् र केन्द्रीय समिति रहेका छन् । महासङ्घको केन्द्रीय समिति ४९ सदस्यीय रहेको छ भने प्रदेश समिति २१ सदस्यीय रहने विधानको प्रावधान छ । जिल्ला तथा प्रतिष्ठान शाखा भने सदस्य संख्या अनुसार रहने व्यवस्था छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #नेपाल पत्रकार महासंघ, #विपुल पोखरेल
ताजा खबर
- १सरकारले यो वर्ष पनि भेटाएन सर्वोत्कृष्ट निजामती कर्मचारी !
- २संघीय निजामती र शिक्षा ऐन संसदमा दर्ता गर्ने सरकारको निर्णय
- ३कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीलाई २४ घण्टाभित्र नियुक्त गर्न परमादेश, उद्धव थापा पदमुक्त
- ४कोशी सरकार विरुद्धको रिटमा आज पनि बहस
- ५प्रतिनिधि सभा बैठकमा आज चार जना मन्त्रीसँग प्रश्नोत्तर
तपाईको कमेन्ट लेख्नुहोस्