प्रदुर्षणका नाममा उठाइएको करको भएन सदुपयोग, दिनप्रतिदिनको बायू प्रदुर्षणले सर्वसाधारणलाई सास्ती
काठमाडौं । वातावरण प्रदूषण नियन्त्रणका नाममा शीर्षक तोकेरै सरकारले कर असुली गरिरहेको छ । तर, संकलित रकम प्रदूषण नियन्त्रणका लागि खर्च नहुँदा वातावरण झन् दिनप्रतिदिन प्रदुषित हुँदै गएको छ । बर्षेनी प्रदूषणको मात्रा बढेर जनस्वास्थ्यमा प्रतिकूल असर परेपनि सरकारले नियन्त्रण गर्ने ठोस कार्यक्रम ल्याउन सकेको छैन । सधैँ धुवा धुलो र अस्तव्यस्त हुने काठमाडौ प्रदुषित सहर भनेर विश्वमै चिनिन थालेको छ । बेला बेलामा विभिन्न अन्तराष्ट्रिय संघ संस्थाले गरेको अध्ययनले नेपाललाई तथ्यगत आधारमा नै प्रदुषित सहरको रुपमा चित्रित गर्न थालिएको छ ।
काठमाडौ उपत्यका लगायत देशैभर अहिले वायुप्रदुषण अत्यन्त बढेको छ । यसले मानवस्वास्थ्यमा पर्ने प्रतिकुल असरबारे भने सम्बन्धित निकाय गम्भिर बन्न सकेको छैन् । सरकारले आम नागरिकबाट पेट्रोल र डिजेल उपभोग गरे वापत कर असुल्ने गरेको छ । नेपाल भित्रिने पेट्रोल र डिजेलबाट आर्थिक ऐन, ०६६ अनुसार प्रतिलिटर ५० पैसाका दरले प्रदूषण नियन्त्रण शुल्क भनेर कर उठाउने गरेको छ । जुन शिर्षकमा बर्षैनि जनताबाट कर उठाइरहेका छन् । तर कर वापत उठेको रकम कहाँ जान्छ पत्तो छैन् ।
उठाएको रकम सोही शीर्षकमा खर्च नहुँदा बर्सेनि काठमाडौंसहित प्रमुख सहरमा प्रदूषण अत्यधिक बढ्दै गएको छ । वातावरण विज्ञ भुपेन्द« दासले मानव स्वास्थ्यमा असरपर्ने प्रदुषणको विषयमा गम्भिर बन्न नसकेको बताए । यस्तो इमरजेन्सी अस्थामा वायु प्रदुषण नियन्त्रणका लागि मुख्य अवस्था बुझि तत्काल टोली गठन गर्नुपर्नेमा जोड दिएका छन् । तर अहिलेसम्म कुनै उत्सुकता नदे्खाएको र पर्ख र हेरको अवस्थामा रहेको छ । काठमाडौं विश्वका सहरमा बारम्बार अग्रस्थानमा आउने गरेको छ ।
बर्सेनि प्रदूषणको मात्रा बढेर जनस्वास्थ्यमा प्रतिकूल असर परेपनि सरकारले नियन्त्रण गर्ने ठोस कार्यक्रम ल्याउन सकेको छैन । यसका लागि सरकारले छुट्टै निति नियम बनाएर जानुपर्नेमा विज्ञले जोड दिएका छन् । वन तथा वातावरण मन्त्रालय मातहतको वातावरण विभागका अनुसार काठमाडौंको प्रदूषणमा यातायातका साधनबाट निस्कने धुवाँको हिस्सा ३८ प्रतिशत छ । पुराना सवारीसाधन विस्थापित गरी यो मात्रा घटाउन पनि पहल भएको छैन । वातावरण प्रदुषणका मुख्य स्रोत मानिने धुवाधुलो कलकारखाना पूर्वाधार निर्माण लगाएत ‘मुख्य स्रोत मानिएका सवारी साधनको अनुगमन प्रभावकारी हुन सकेको छैन् ।
क्याटेगोरी :
प्रमुख समाचार,
ब्रेकिंग न्युज,
राजनीति,
शिक्षा स्वास्थ्य,
समाचार
ट्याग : #बर्षेनी प्रदूषण, #वातावरण प्रदूषण नियन्त्रण
ताजा खबर
- १भीम रावललाई घनश्याम भुसालको आह्वानः एकीकृत समाजवादीमा आउनुस्
- २लिपुलेकबारे चीन–भारत सहमतिले नेपालको सार्वभौमिक अखण्डता अतिक्रमण भयोः विप्लव
- ३कांग्रेसको एक वर्षभित्र महाधिवेशन गर्न दबाब बढाउनुसः शेखर कोइराला
- ४भारतीय पूर्वप्रधानमन्त्री सिंहको राजकीय अन्त्येष्टि
- ५माओवादी पहिलो दल भए गिरिबन्धु, वाइडबडी सबै फाइल खोल्ने प्रचण्डको चेतावनी
तपाईको कमेन्ट लेख्नुहोस्