Techie IT
  • ९ माघ २०८१, बुधबार
KhojPatrika

डबलीमा बोल्ने मान्छेसँग फेरि एकता नहुने प्रधानमन्त्री ओलीको स्पष्टोक्ति, प्रचण्डको पुनरावलोकनप्रति चर्को आलोचना


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी मिलाइदिने काम अदालतको नभएको बताएका छन् । ओलीले अदालतले पार्टी मिलाउने काम गर्ने भए आफू पनि जनता समाजवादी पार्टी एमालेमा मिलाइपाउँ भन्ने माग सहितको निवेदन लिएर अदालत जाने भन्दै व्यंग्य समेत गर्न भ्याएका छन् । सर्वोच्च अदालतलको गत फागुन २३ गते फैसला मानेर नै आफु अघि बढेको बताउँदै पार्टी मिलाउने काम अदालतको नभएको स्पष्ट पारे ।

सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाविरुद्ध पुनरावेदन रिट लिएर नेकपा माओवादी केन्द्र्रका अध्यक्ष पुष्पकमल दाहाल सर्वोच्च अदालत पुगेकै दिन प्रधानमन्त्री ओलीले दाहालप्रति ब्यङ्ग्य गरे । रिर्पोट्स क्लव नेपालको २३ औ बार्षिकोत्सव समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले उक्त प्रतिक्रिया दिएका हुन् । ओलीले अदालतले पार्टी मिलाईदिने भए आफु पनि जनता समाजवादी पार्टीलाई एमालेमा मिलाउँ पाउँ भनी निबेदन हाल्ने जाने थिए भन्दै अदालतमा गएर एमाले र माओवादी एक नहुने स्पष्ट पारे ।

धेरै समय माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रज्ञा भवनको डबलीमा भएको नागरीक आन्दोलनका सन्दर्भमा खर्चेका प्रधानमन्त्री ओलीले प्रचण्डले गरेका सबै सहमती खारेज गर्दै अघि बढ्नुले समस्या आएको बताए । उनले देश प्रचण्डको स्वार्थका पछाडि देश सती जान नसक्ने बताए ।

ओलीले प्रचण्डले अर्काको नाममा पार्टी दर्ता गरेर ह्याकुलाले मिच्न खोजेको आरोप लगाउँदै अब प्रचण्डको बलमिच्याई सैह्य नहुने स्पष्ट पारे । ओलीले आफुले प्रचण्डसँग् सेना र हतियार हुदाँ त नडराएको मान्छे आज त सेना पनि छैन । हतियार पनि छैन कोही किन डराउने भन्दै प्रचण्डप्रति खनिए । प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्षबाट सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरे । ‘सामाजिक सुरक्षा भत्ता साउन १ गतेबाट बढ्ने बताए । प्रधानमन्त्री ओलीले प्रचण्डको चाहना नै नेकपा फुटाउने रहेको आरोप लगाए ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #प्रधानमन्त्री केपी शर्मा


तपाईको कमेन्ट लेख्नुहोस्