आइपुग्यो चीनले दिएको ८ लाख डोज कोरोना विरुद्धको खोप नेपाल
काठमाडौं । चीनले अनुदानमा दिएको ८ लाख डोज कोरोना भाइरसविरूद्धको खोप नेपाल आइपुगेको छ । खोप लिन गएको नेपाल वायुसेवा निगमको वाइडबडी ३३० जहाज बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । उक्त जहाजमा कोभिड–१९ को खोपबाहेक अरू अत्यावश्यक सामग्री पनि ल्याइएको छ ।
चैत १ गतेको मन्त्रिपरिषद्को बैठकले मित्रराष्ट्र चीनबाट प्रदान गरिने कोभिड–१९ विरुद्धको खोप ‘भेरासेल’ लगायत सहायता सामग्री स्वीकार गर्ने निर्णय गरेको थियो। चीनको सिनोभ्याक बायोटेकले उत्पादन गरेको यो खोपलाई २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्नुपर्नेछ । यो खोप पनि दुई मात्रा लगाउनुपर्नेछ ।
विभिन्न परीक्षणहरूमा चिनियाँ खोप नेपालले हाल प्रयोग गर्दै आएको कोभिसिल्ड खोपभन्दा बढी प्रभावकारी देखिएको अधिकारीहरुले दाबी गरेका छन् । केही दिनमा खोप लगाउन सुरु गरिेने बताइएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #कोरोना भाइरसविरूद्धको खोप
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्