कोरोना संक्रमणकाबीच होलीको रौनक

काठमाडौं । रंगहरुको पर्व होली हिमाली तथा तराई क्षेत्रमा मनाइएको छ । कोरोना महामारीका कारण विगतका वर्षहरुमा जस्तो उल्लास नभएपनि उल्लासपूर्ण रुपमा मनाइएको छ । काठमाडौं उपत्यकता तथा पहाडी जिल्लाहरुमा होली मनाइँदै छ भने तराईमा भोलि मनाइन्छ। गत वर्ष पनि कोरोनाकै कारण होली मनाउन पाइएको थिएन ।
भारतमा कोरोनाभाइरस संक्रमणको दोस्रो लहर सुरु भएसँगै नेपालमा पनि दिनहुँ संक्रमणको दर बढ्दो छ । नेपालमा कोरोना संक्रमणको दोस्रो लहर देखिने त्रासबीच सरकारले पछिल्लो समय स्वास्थ्य मापदण्ड पालनामा कडाई गरेको छ । संक्रमण नफैलियोस् भनेर सरकारले होलीको कार्यक्रमलाई आफ्नो घर परिवारमा सिमित गर्न आग्रह समेत गरेको थियो । तर, कोरोनाको त्रासलाई पन्छाएर सर्वसाधारणले होली मनाएका छन् ।
स्थानीय प्रशासनले होलीको कार्यक्रम आयोजना गर्ने र भीडभाड गर्नेलाई पक्रेर कारवाही गर्नेसम्मको चेतावनी दिएको थियो । तर, सरकारको आग्रह र प्रशासनको चेतावनीलाई बेवास्ता गर्दै काठमाडौँको वसन्तपुरमा धुमधामका साथ होली मनाइएको छ । सयौँको संख्या भेला भएका युवायुवतीहरूले एकआपसमा रंग दल्दै होली मनाएका थिए । होली मनाउँदा अधिकांशले स्वास्थ्य मापदण्डको पालना गरेका थिएनन् । होली मनाउन बिभिन्न स्थानबाट मानिसहरु बसन्तपुर पुगेका थिए ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #पर्व होली
ताजा खबर
- १माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीयः सूर्य थापा
- २नेपाल वायुसेवा निगम ६८ औँ वर्षमा प्रवेश, आर्थिक रूपमा धराशायी, सेवा खस्किँदो
- ३स्पेनका समकक्षीद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी
- ४कुलिङ पिरियडमा गरिएको हेरफेर संसदको अपमान भयोः शेखर कोइराला
- ५जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्री राणाको आग्रह
तपाईको कमेन्ट लेख्नुहोस्