कोरोना संक्रमणकाबीच होलीको रौनक
काठमाडौं । रंगहरुको पर्व होली हिमाली तथा तराई क्षेत्रमा मनाइएको छ । कोरोना महामारीका कारण विगतका वर्षहरुमा जस्तो उल्लास नभएपनि उल्लासपूर्ण रुपमा मनाइएको छ । काठमाडौं उपत्यकता तथा पहाडी जिल्लाहरुमा होली मनाइँदै छ भने तराईमा भोलि मनाइन्छ। गत वर्ष पनि कोरोनाकै कारण होली मनाउन पाइएको थिएन ।
भारतमा कोरोनाभाइरस संक्रमणको दोस्रो लहर सुरु भएसँगै नेपालमा पनि दिनहुँ संक्रमणको दर बढ्दो छ । नेपालमा कोरोना संक्रमणको दोस्रो लहर देखिने त्रासबीच सरकारले पछिल्लो समय स्वास्थ्य मापदण्ड पालनामा कडाई गरेको छ । संक्रमण नफैलियोस् भनेर सरकारले होलीको कार्यक्रमलाई आफ्नो घर परिवारमा सिमित गर्न आग्रह समेत गरेको थियो । तर, कोरोनाको त्रासलाई पन्छाएर सर्वसाधारणले होली मनाएका छन् ।
स्थानीय प्रशासनले होलीको कार्यक्रम आयोजना गर्ने र भीडभाड गर्नेलाई पक्रेर कारवाही गर्नेसम्मको चेतावनी दिएको थियो । तर, सरकारको आग्रह र प्रशासनको चेतावनीलाई बेवास्ता गर्दै काठमाडौँको वसन्तपुरमा धुमधामका साथ होली मनाइएको छ । सयौँको संख्या भेला भएका युवायुवतीहरूले एकआपसमा रंग दल्दै होली मनाएका थिए । होली मनाउँदा अधिकांशले स्वास्थ्य मापदण्डको पालना गरेका थिएनन् । होली मनाउन बिभिन्न स्थानबाट मानिसहरु बसन्तपुर पुगेका थिए ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #पर्व होली
ताजा खबर
- १मिटरब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गर्ने तयारी, विशेष ऐन र न्यायाधीकरण गठन गरिने
- २तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु
- ३तीज गीत ‘केटी पार्टी’ सार्वजनिक (भिडियोसहित)
- ४सुकुम्बासी समस्या समाधानका लागि जग्गाको स्वामित्वभन्दा आवासको सुनिश्चितता आवश्यक : डंगोल
- ५सन् २०२६ को पहिलो ६ महिनामा चीनको वैदेशिक व्यापारमा १६.९ प्रतिशतको वृद्धि



तपाईको कमेन्ट लेख्नुहोस्