तत्काल सरकार नबनाउने र अविश्वासको प्रस्ताव पनि नल्याउने देउवाको जिकिर

काठमाडौं । मुलुकमा नयाँ सत्तासमिकरणको बहस तातेको छ । नेपाली कांग्रेस, माओबादी केन्द्र र जसपा बिच गठबन्धन बनेमा वर्तमान सरकार विस्थापित भएर सजीलै नयाँ सरकार बन्ने स्थीती छ । ओली सरकारलाई हटाउनुपर्ने भन्नेमा एकमत देखिएका यी तिनै दल बिच सत्तागठबन्धन भने बन्न सकिरहेको छैन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अपेक्षीत सक्रीयता नदेखाउदा गठबन्धन निर्माणमा ढीलाई भएको टीप्पणी भईरहेको छ ।
पछिल्लो समय विकसीत राजनीतिक घटनाक्रम बाट प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सत्ता राजनीतीको केन्द्रमा पुगेको छ । सत्तारुढ नेकपा विघटन भएर नेकपा एमाले र नेकपा माओबादी केन्द्र ब्युतिएपछि देशमा नयाँ सत्तागठबन्धनको बहस तातेको हो । अबको सत्ता समिकरण प्रतिनिधी सभा विघटन विरुद्ध आन्दोलन गरेका दलहरुको बिचमा बन्नुपर्ने आवाज पनि उठीरहेको छ । विघटन विरुद्ध आन्दोलन गरेका नेपाली कांग्रेस, नेकपा माओबादी केन्द्र र जसपा मिलेमा संसदमा सजीलै बहुमत पुग्ने छ । जसबाट वर्तमान सरकारलाई विस्तापित गरेर नयाँ सरकार निर्माण हुन सक्दछ ।
वर्तमान सरकारलाई विस्तापित गर्नुपर्छ भन्नेमा एकमत देखीएका यी तिनै दलहरु बिच सत्तागठबन्धन भने हालसम्म बन्न सकेको छैन । तिन दल बिच गठबन्धन भएमा कांगे्रसले त्यसको नेतृत्व गर्ने निश्चित प्रायः छ र स्वभाविक पनि छ । तर कांग्रेस यतिबेला मौन देखिन्छ । नेतृत्वले सत्तासमिकरण निर्माणमा अग्रसरता लिनुपर्ने कांग्रेस नेता धनराज गुरुङ भनाई छ । तर, कांग्रेस संस्थापन पक्ष भने आफुहरुले राजनीतिक घटनाक्रमलाई नियालीरहेको बताँउछ । स्थीती परीपक्व नभईसकेकाले पर्ख र हेरको अवस्थामा रहेको भएपनि परिपक्व स्थीती देखीनासाथ कांग्रेस अगाडी आउने नेताहरु बताँउछन ।
पार्टीका अधिकांश नेताहरुले नयाँ सत्तागठबन्धनका लागी जोड दिएका त छन नै, माओवादी केन्द्र र जसपा समेत कांग्रेसको नेतृत्वलाई स्वीकार्न तयार देखिदा पनि कांग्रेस नेतृत्वको मौनता रहस्यमय छ । यसबाट कांग्रेसले अहिलेकै सरकारलाई टीकाईराख्न वा संसद विघटन गराई छिटो चुनावमा जान चाहेको त होईन भन्ने प्रश्न पनी खडा भएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #नयाँ सत्तासमिकरण
तपाईको कमेन्ट लेख्नुहोस्