Techie IT
  • २ माघ २०८१, बुधबार
KhojPatrika

प्रधानमन्त्री ओलीसँग सहकार्य गर्ने बिषयमा जसपामा दुईधार


काठमाडौं । सत्ता साझेदारीका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसंग भएको छलफलका बिषयमा जनता समाजवादी पार्टी (जसपा) भित्र तिव्र विवाद भएको छ । जसपाका केहि नेता बालुवाटारमा प्रधानमन्त्री ओलीसंग वार्तामा ब्यस्त रहदा अन्य नेताहरु भने प्रधानमन्त्री ओलीसँग कुनै बार्ता नभएको बताइरहेका छन् ।

सत्तासमिकरणमा ओलीलाई साथ दिने र नदिने बिषयमा जसपाभित्र विवाद झनै बल्झिने संकेत देखिएको छ । मंगलबार सत्तारुढ नेकपा एमाले र जनता समाजवादी पार्टी नेपाल (जसपा) बीच बालुवाटारमा छलफल भयो । दुई दलबीच सत्ता सहकार्यबारे कार्यदल स्तरमा छलफल भएपनि कुनै सहमति हुन सकेन । जसपाका केही नेताहरु बालुवाटार गएको यो पहिलो पटक भने होइन । पटक–पटक बालुवाटार पुग्ने नेताहरुले सत्ता समिकरणबारे छलफल गरिरहेका छन् ।

टीकापुर घटनाका दोषी रेशम चौधरीलगायतको रिहाइ, मधेस आन्दोलनमा संलग्नमाथि लागेका मुद्दा फिर्ता, संविधान संशोधन, नागरिकता, लाल आयोगको प्रतिवेदन कार्यान्वयन लगायतको विषयमा छलफल भएपनि कुनै सहमति भएको छैन् । यी मुद्धा सम्बोधन भए सरकार जोगाउन जसपाले भूमिका खेल्ने योजना केही नेताहरुले बनाएका छन् । तर, जसपाभित्रै ओलीसँग वार्ता गरेको केही नेता असन्तुष्ट छन् । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा पर्ने देखिएपछि सत्ता जोगाउनका लागि उनले जसपा नेपाललाई मनाउने प्रयास गर्दै गर्दा जसपामै समस्या देखिएको छ ।

अध्यक्ष उपेन्द्र यादवलाई त पार्टीका तर्फबाट ओलीसंग गरिएको वार्ता बारे थाहै छैन् । अन्य दलसंग छलफल गर्नका लागि डाक्टर बाबुराम भट्टराई, आफु, महन्थ ठाकुर, राजेन्द्र महत्तो र आशोक राई सम्मीलित टिम नै पार्टीको आधिकारीक टिम रहेको भन्दै यादवले आफुहरुले प्रधानमन्त्रीसंग कुनै छलफल नगरेको दाबी गरे ।

अर्कोतर्फ जसपा नेता राजेन्द्र महत्तोले भने प्रधानमन्त्रीसंगको छलफलका बारेमा अध्यक्ष र पार्टीलाई जानकारी गराउन नै बाँकी रहेको बताउछन् । उनले छलफलका लागि जन्ती र जुलुस लिएर जान नमिल्ने भन्दै बालुवाटारबाट खवर आएकाले छलफल गर्न गएको जिकिर गरे ।

जसपाको एक पक्ष ओली इतर समूहसंग सहकार्य गर्नुपर्ने पक्षमा छ भने अर्को पक्ष वर्तमान प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीलाई नै समर्थन गर्ने पक्षमा छ । दुई थरी भनाईले जसपामा फेरि विवाद चर्किएको छ । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिए जसपाको साथ लिएर प्रधानमन्त्री ओली सरकार बचाउने कसरत गरिरहेका छन् ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #जनता समाजवादी पार्टी, #प्रधानमन्त्री केपी शर्मा

तपाईको कमेन्ट लेख्नुहोस्