दुई दिने बंगलादेशको भ्रमण पूरा गरी राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र जनवादी गणतन्त्र बङ्गलादेशको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी मंगलबार स्वदेश फर्किएकी छन् । राष्ट्रपति भण्डारी र नेपाली प्रतिनिधिमण्डललाई बंगलादेशको ढाकास्थित हजरत शाहजलाल अन्तरराष्ट्रिय विमानस्थलमा त्यहाँका विदेशमन्त्री डाक्टर एके अब्दुल मोमेन, बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्रलगायतले बिदाइ गरेका थिए ।
काठमाडौंस्थीत त्रिभुवन बिमानस्थलको अति बिशिष्ट कक्षमा उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना लगायतले स्वागत गरे । सो क्रममा राष्ट्रपति भण्डारीको स्वागतार्थ नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो ।
राष्ट्रपति भण्डारी बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा सोमबार त्यसतर्फ प्रस्थान गरेकी थिइन । भ्रमणका क्रममा भ्रमणका क्रममा नेपाल र बंगलादेशबीच विभिन्न क्षेत्रमा समझदारी भएको भ्रमण दलमा सहभागी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।
त्यस्तै रेल्वे, यातायात, बन्दरगाह सुविधालाई नेपालसाग जोड्ने, बंगलादेशले नेपालबाट विद्युत खरिदका लागि गरिरहेको पहलका विषयमा पनि छलफल भएको उनले बताए । त्यस्तै भ्रमणका क्रममा राष्ट्रपतिले समकक्षीसंग द्धिपक्षीय वार्ता गर्नुभउको थियो भने बंगलादेशका राष्ट्रपिता रहमानको सतवार्षिकी जन्म जयन्तीमा पनि सहभागी भएकी हुन् । भ्रमणले दुई देशको सम्बन्धलाई थप उचाईमा पुराउन मद्धत पुगेको दाबी गरिरहेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #राष्ट्रपति भण्डारी
तपाईको कमेन्ट लेख्नुहोस्