एमालेमा ओली थप शक्तिशाली बन्दै,नेपाल–खनाललाई दैनिक चुनौति
काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठकले विधान संशोधन पारित गरेको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय दलको बैठकले संशोधित विधान परित गर्दै उक्त विधानलाई केन्द्रीय समितिमा लैजाने निर्णय गरेको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । कार्यदलले संशोधन प्रस्ताव तयार गरेको र सोही प्रस्ताव बैठकबाट पारित भएको हो । नेपालको संविधान, एमालेको विधान र राजनीतिक दल सम्बन्धी ऐन अनुकूल हुने गरी विधान संशोधन गरेको उनले बताए ।
नयाँ व्यवस्थामा २७ सदस्य रहेको संसदीय बोर्डमा सदस्य संख्या २९ जना पु¥याउने र एकतिहाइ महिला रहने व्यवस्था भएको उनले जानकारी दिए । विधानमा संसदीय दलको उपनेता नेताले मनोनयन गर्ने व्यवस्था गरिएको भट्टराईले बताए । शनिवारको बैठकले पार्टीभित्र गुटगत भेला गरेर अनुशासन उल्लंघन गरेको भन्दै वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका केही नेतालाई स्पष्टीकरण सोध्ने संकेतसमेत दिएको छ । संसदीय दलको बैठकको अध्यक्षता गरेका ओलीले पार्टीभित्र गुटगत भेला र अराजक प्रवृत्ति किमार्थ स्वीकार्य नहुने बताए । बैठकपछि सांसद शेरबहादुर तामाङले पार्टीभित्र गुटगत प्रवृत्ति र गतिविधि रहेका नेताहरूलाई स्पष्टीकरण सोध्ने निर्णय संसदीय दलको बैठकबाट भएको उनले बताए । पार्टीका सबै सदस्यले वैयक्तित रूपमा गतिविधि गर्न पाउने तर समूह बनाएर समानान्तर गतिविधि सञ्चालन गर्न नपाइने प्रधानमन्त्रीको धारणा रहेको तामाङले जानकारी दिए ।
बैठकमा नेता वामदेव गौतम पनि सहभागि थिए । गौतमलाई ओलीले एकताको कुरा छाड्न ओलीले आग्रह गरेका थिए । त्यस्तै बामदेव गौतमले सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताउने फैसला गरेपछि आफू खुसी भएको बताए । शनिवार नै नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपालपक्षीय सांसहरुले पाँचबुँदे मागपत्र प्रधानमन्त्रीलाई बुझाएका छन् । सिंहदरबारमा शनिबार बसेको सो पक्षको सांसदहरुको बैठकले संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मागपत्र बुझाउने निर्णय अनुसार पत्र बुझाइएको हो ।
उनीहरुले आफूहरु खनाल–नेपालपक्षीय ३८ सांसदको मागपत्रसहित आएको भन्दै मागपत्र पेस गरेका हुन् । एमालेको बैठक तथा निर्णय विधान र विधिसम्मत हुनुपर्ने माग रहेको नेता भीम रावलले जानकारी दिए । पार्टीका गतिविधिहरु ९औं महाधिवेशनबाट पारित भएको विधानअनुसार चल्नुपर्ने माग राख्दैे असहमति पत्र प्रधानमन्त्री ओलीलाई बुझाएको हो । पत्रमा संसदीय दलको बैठक निजी कार्यालयमा नभएर दलको कार्यालय सिंहदरबारमा गर्नुपर्ने पनि भनिएको छ । माधव नेपाल समूहले यसअघि गठन गरिएको संसदीय बोर्डप्रति पनि असहमति जनाएको छ । उनीहरूले संसदीय दलको बैठकमा आफूहरू सहभागी हुने तर त्यसका लागि उपयुक्त वातावरण बनाउनुपर्ने माग राखेका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #संसदीय दल
ताजा खबर
- १भीम रावललाई घनश्याम भुसालको आह्वानः एकीकृत समाजवादीमा आउनुस्
- २लिपुलेकबारे चीन–भारत सहमतिले नेपालको सार्वभौमिक अखण्डता अतिक्रमण भयोः विप्लव
- ३कांग्रेसको एक वर्षभित्र महाधिवेशन गर्न दबाब बढाउनुसः शेखर कोइराला
- ४भारतीय पूर्वप्रधानमन्त्री सिंहको राजकीय अन्त्येष्टि
- ५माओवादी पहिलो दल भए गिरिबन्धु, वाइडबडी सबै फाइल खोल्ने प्रचण्डको चेतावनी
तपाईको कमेन्ट लेख्नुहोस्