सुरु हुँदै राष्ट्रिय जनगणना २०७८, कति पुग्ला नेपालको जनसंख्या

काठमाडौं । नेपालको जनगणना २०७८ सुरु गर्नका लागि तयारी थालिएको छ । प्रत्येक १०÷१० बर्षमा हुने जनगणना यसबर्ष जेठदेखि सुरु गर्ने तयारी गरिएको छ । केन्द्रीय तथ्याङ विभागले १२ औँ राष्ट्रिय जनगणना गर्न २०७८ बैशाख जेष्ठ र असारमा सञ्चालन गर्ने गरी तयारी गर्दै छ । अहिलेसम्म जनगणनाका पूर्वका कामहरु सबै जिल्ला र प्रदेशहरुमा गरी ८७ वटा कार्यालय स्थापना गर्ने र उत ठाउमा खटिने प्रमुख जिल्ला अधिकारी जिल्ला जनगणना अधिकारी र सहायक जिल्ला अधिकारी प्रत्येक जिल्लामा व्यवस्थापन गरिएको छ । विगतमा व्यक्तिगत अन्तर्वाता गरेर विवरण संकलन गर्ने गरिएको थियो । तर, यस बर्ष विगतका बर्षमा भन्दा अतिरित विधिबाट कार्य गर्ने योजना छ ।
कम्पुटरको माध्यामबाट र इमेल मार्फत प्रंश्नहरु संकलन गर्ने योजना रहेको विभागका निर्देशक डाक्टर हेमराज रेग्मीले जानकारी दिए । ५० हजार भन्दा बढी जनशक्ती आवश्यक पर्ने तथ्याङक विभागले जनाएको छ । गणक ३९ हजार र ८ हजार सुपरिबेक्षक २ महिनाको लागि माग गरिएको छ । उनीहरुलाई चैतभित्र दरखास्त आह्वान गरिएको छ । नेपालको जनसंख्या विगतका बर्षमा भन्दा घट्ने अनुमान गरिएको छ । जन्मदर घट्नु र मृत्युदरमा समेत कमीका कारण जनसंख्या घट्ने अनुमान गरेको छ ।
जनगणना पूर्वका तयारी गणना पश्चात गरिने जनाइएको छ । ५ अर्ब खर्च लाग्ने अनुमान भएपनि सरकारबाट आवश्यक बजेट विनियोजन नहुँदा करिब ४ अर्ब खर्च गर्ने बताइएको छ । नेपालमा विसं १९६८ (सन् १९११) मा पहिलो राष्ट्रिय जनगणना भएको थियो । त्यसयता प्रत्येक दश–दश वर्षमा जनगणना हुँदै आएको छ । पछिल्लो पटक सम्पन्न राष्ट्रिय जनगणना २०६८ अनुसार देशको कूल जनसंख्या दुई करोड ६४ लाख ९४ हजार ५ सय ४ रहेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #केन्द्रीय तथ्याङ विभाग, #नेपालको जनगणना
ताजा खबर
- १एक नेपालीको थाप्लोमा ७९ हजार २०० ऋण, सार्वजनिक ऋण २३ खर्ब नाघ्यो
- २विश्वासघातको आरोपमा अभिनेता अनमोल केसी पक्राउ
- ३९ दिनदेखिको आन्दोलनरत शिक्षक र सरकारबीच के के भयो सहमति, आन्दोलन फिर्ता
- ४कर्णालीका मुख्यमन्त्री राजकुमारले भने ऐन, कानुन माफियाले बनाउछन् कि जस्तो लाग्छ !
- ५दोलखाबाट चार किलो सुन बरामद, तीन जना पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्