काठमाडौं उपत्यकाका नदी तथा खोलामा फोहोरको डंगुर,आम सर्वसाधारणलाई स्वास फेर्नै मुस्किल
काठमाडौं । काठमाडौं उपत्यका भएर बग्ने बागमती, धोबीखोला, विष्णुमति साहयक खोलाहरुमा रहेका फोहोरमैला र दुर्गन्धले स्थानियहरु आजित छन् । खोलाक्षेत्रमा यात्रा गर्दा नाक थुनेर हिड्नुपर्ने रहेको छ, भने त्यही घर भएकालाइ कति गारो भएको होला? यो दुर्गन्धप्रति महानगरपालीका भने बेखबर र उदासिन छ । पानीको बाहव कम भएको बेलामा उपत्ययका खोलाहरुमा फोहोरको झन बढी थु्रपो लाग्ने गरेको छ ।
ढल मिसाइएका नदिहरुमा प्लास्टिको थुप्रो लागेपछि शहरको सौन्र्दय ज्यादै बिग्रिएको छ । खोलाहरुको किनारामा फोहोरको थुप्रो बाहेक केही पाइदैन । धोबीखोला प्रदुषले वरपर बस्ने वासिन्दारको दैनिकीमा प्रभावीत भएको छ । अनामनगर भाटभटेनी नजिकको पुलबाट केही मिटरभित्र पसल राखेर बसेका व्यवसायीहरुलाई खोलाको फोहोरले रुघाखोकी आउने विरामले सताउँने गरेको बताउँछन ।
फोहोरको रागले धेरै सताउँने गरेको उनीहरुको गुनासो रहेको छ । बिष्णुमति खोलाको आसपासमा बिगत ६ बर्षदेखि फलफुलको व्यवसाय गर्दै आएका व्यवसायीलाई सुरुमा व्यवसाय गर्न गारो हुने गर्दथ्यो । अहिले आफुलाई दुगन्धमा बस्ने बानी नै परेको बताउँछन यी व्यवसायी बताउँछन् । यता काठमाडौँ महानगरपालिकाका वातावरण विभागले भने खोलासफा गर्न योजना र्भइरहेको र जताभावी फोहोर फाल्नेलाइ कारवाहीको गर्ने गरिएको जनाएको छ । आफ्नो वरपर फोहोर फाल्न हुदैन भन्ने चेतना नगरबासीमा अझै नजागेको विभागका प्रमुख हरी कुमार श्रेष्ठको भनाइ छ ।
उपत्यकाको बढ्दो सवारी चापलाई घटाउन बनाइएका कोरिडोरबाट पनि मानिसहरुले सजिलै फोहोर फाल्ने गरेका छन् । कतिपय ठाउँमा बीतीबाट सिधै खोलामा ढल हालिएकाले पनि दुगन्ध बढेको छ । तीब्र रुपमा बढिरहेको जनसंख्या तथा अव्यवस्थित शहरीकरणका कारण शहरी क्षेत्रको फोहोर व्यवस्थापन चुनौतीपूर्ण हुँदै गएको छ । फोहोरमैलाले नकारात्मक परिणामहरू ल्याउनुका साथै मानव स्वास्थ्यमा समेत असर परेको छ । फोहोरमैला ब्यबस्थापन गर्ने बिषय नेपाल सरकारले ध्यानदिन आवश्यक छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #काठमाडौं उपत्यका, #धोबीखोला, #बागमती, #विष्णुमति
ताजा खबर
- १सर्वोच्चद्वारा कांग्रेस सभापति गगन थापाको नेतृत्वलाई आधिकारिकता, विशेष महाधिवेशन अनुमोदित
- २हर्क साम्पाङको सरकारलाई प्रस्तावः स्थायी नियुक्ति खारेज गरी करार प्रणाली लागू गर्न कानुन संशोधन गरौँ
- ३सभामुख अर्यालको प्रतिवद्धताः ‘राम्रा नजिर पछ्याउँछु, गल्ती भए माफी माग्न तयार छु’
- ४धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले दिए राजीनामा
- ५पशुपतिको जग्गामा बनेका अनधिकृत टहरामाथि काठमाडौं महानगरले चलायो डोजर



तपाईको कमेन्ट लेख्नुहोस्