छैन अझै महिला र पुरुषमा समानता,हटेकै छैन् पितृसत्तात्मक सोच
काठमाडौं । सोमबार १ सय ११ औं अन्तर्राष्ट्रिय नारी दिवस नेपालमा पनि ‘महिलाको सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको आधार’ भन्ने नारासहित विभिन्न कार्यक्रम गरेर मनाइएको छ । तर महिला हक र समानताका जति नै कुरा गरेपनि पुरुष र महिलाबीचको विभेदको खाडल भने अझसम्म भत्काउन सकिएको छैन । हुन त, नेपालको संविधानकै मौलिक हकअन्तर्गत धारा ३८ मा महिलाको हकको व्यवस्था गरिएको छ ।
राज्यका हरेक निकायमा महिलालाई समानुपातिक, समावेशी सिद्धान्तका आधारमा सहभागी हुन पाउने अधिकार संविधानमै सुनिश्चित, सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतीको समान हकको व्यवस्था । यी व्यवस्थाले सङ्घ, प्रदेश र पालिकामा प्रतिनिधित्वसहित राज्यका हरेक निकायमा महिलाको सहभागिता बढ्दै गएपनि विभेदको अन्त्य हुन सकेको छैन । दैनिकजसो महिला हिंसा, विभेद र शोषणका घटना बाहिरिरहेका छन् । जन्म उत्सवदेखि मृत्यु संस्कारसम्म भेदभाव र अपहेलना सहनुपरिरहेको छ नारिहरुले ।
आजको २१ औँ शताब्दीको यो वैज्ञानिक एवं विश्व भूमण्डलीकरणको युगमा समेत पितृसत्तात्मक सोच, अशिक्षा, गरिबी, विभेदपूर्ण कानुनका कारण जबरजस्ती करणी, यौन दुर्वयवहार, एसिड आक्रमण, आगो लगाउने, घरेलु हिंसा, सामाजिक अपहेलना, दाइजो प्रथा जस्ता अमानवीय व्यवहार सहन बाध्य छन् नेपाली महिला । अर्कोतर्फ हाम्रो समाजले एक रथका दुई पांग्रा र एक सिक्कामा दुई पाटाको रुपमा नारी पुरुष समान छन भन्ने गरेपनि व्यवहारमा फरक छ । प्रत्येक वर्ष मार्च ८ मा मनाइने अन्तर्राष्ट्रिय नारी दिवस कुनै उत्सव होइन्, उत्पीडित महिलाको लैंगिक हिंसा विरुद्धको आवाज बुलन्द गर्ने अभियान हो । महिला हिंसा अन्त्य गरी भय रहित वातावरणमा महिलाले जीवन जिउन सक्ने अवस्थाको सृजना गर्नु तपाई हामी सबैको साझा कर्तब्य हो । तर यहाँ कानुन र बोलीमा महिला अधिकार, समानता, समान अवसरका कुरा गर्नेहरु नै बिभेदकारी बनेका छन् ।
देशकै बिशिष्ट पद राष्ट्रपतिमा महिला, अदालतको नेतृत्वमा महिला अनि सांसदहरुको नेतृत्वका रुपमा हेरिने सभामुखमा समेत महिलालाई अवसर दिन सफल भयौँ भन्ने नेताहरुले आफ्नो पार्टी नेतृत्वमा कहाँ कहाँ महिलालाई अवसर दिए ? पार्टीको उपल्लो कमिटि सचिवालय, स्थायी समिति अनि पदाधिकारी, केन्द्रीय सदस्यमा कहाँ कति महिलाहरुलाई अवशर दिइयो । यसले हामी महिला शसक्तिकरणको काम गर्दैछौँ वा गफ भन्ने सोच्न बाध्य बनाएको छ । बन्द कोठामा, सभा समारोहका रुपमा भाषण गरेर होइन, महिला दिवस महिलाहरुलाई सक्षम र सबल मनाउने उत्सब बन्न सकोस् ।
क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, विचार/लेख, समाचार
ट्याग : #अन्तर्राष्ट्रिय नारी दिवस
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्