श्रीमान बोकेर दौडिने बलिया श्रीमती…..
काठमाडौं । नेपालमा मात्रै होइन, सोमबार १ सय ११ औँ विश्व नारी दिवश विभिन्न कार्यक्रम गरेर विश्वभर मनाइएको छ । महिला शसक्तिकरण र उनीहरुको क्षमता बृद्धि विकासका साथै राज्यका हरेक निकायमा अवसर र सुविधा दिएर महिलाहरुलाई समेत पुरुष स्वसरह काबिल बनाउने गतिबिधि विश्वभर भैरहँदा नेकपालमा पनि दिवस केबल महिलाका नाममा एकदिन औपचारिक कार्यक्रम गर्नेे र सार्वजनिक विदा दिने मौका बन्ने गरेको छ । यति मात्रै होइन, तनहुँको देवघाट गाउँपालिकाले त नारी दिवसका दिन श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिता आयोजना गरेको छ, एकपटक नारि दिवसका दिन आयोजना गरियो ।
देवघाट–५ स्थित कालिका माध्यमिक विद्यालयमा आयोजना गरिएको यो प्रतियोगिताले के नारिहरुलाई सबल बनाउने राज्यका हरेक क्षेत्रमा महिलाहरु योग्य, सक्षम छन भन्ने देखाउँछ त ? केवल रमाइलोका लागि गरिने यस्ता कार्यक्रमले दिवसको आवश्यकता र महत्वलाई एक दिने फगतको उत्सब जस्तो बनाइदिएको छ । केही वर्ष पहिले क्षेत्रीय होटल सङ्घ तनहुँले दमौलीमा श्रीमानले श्रीमती बोक्ने प्रतियोगिता आयोजना गरेकोमा अहिले महिला पनि श्रीमानलाई बोक्न सक्छन, बलिया छन भन्ने देखाउने बाहेक यो प्रतियोगिताले परिवार र समाजमा ठूलै सकारात्मक प्रभाव पार्ने देखिदैन ।
नारी दिवसका अवसरमा आयोजना भएको श्रीमान बोकेर दौडिने महिलाहरुको एक सय मिटरको दौडले उपस्थितहरुलाई भने मज्जाले हँसाएको छ । नारी दिवसका अवसरमा दिवा खाजा व्यवस्थापनका लागि विद्यालय र बाल विकास केन्द्रलाई भाँडाबर्तन वितरण तथा ढोरबाराही डेन्टल केयर सेन्टरको सहयोगमा महिला स्वास्थ दाँत प्रतियोगिता एवं दन्त शिविर समेत सञ्चालन गरेको गाउँपालिकाले श्रीमान बोकेर दौडिने प्रतियोगिताको आवश्यकता र यसले समाजमा फैल्याउने सकारात्मक प्रभाव बारे स्थानीयलाई समेत खासै बुझाउन सकेको छैन ।
क्याटेगोरी : कला र मनोरञ्जन, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #श्रीमान बोकेर
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्