श्रीमान बोकेर दौडिने बलिया श्रीमती…..

काठमाडौं । नेपालमा मात्रै होइन, सोमबार १ सय ११ औँ विश्व नारी दिवश विभिन्न कार्यक्रम गरेर विश्वभर मनाइएको छ । महिला शसक्तिकरण र उनीहरुको क्षमता बृद्धि विकासका साथै राज्यका हरेक निकायमा अवसर र सुविधा दिएर महिलाहरुलाई समेत पुरुष स्वसरह काबिल बनाउने गतिबिधि विश्वभर भैरहँदा नेकपालमा पनि दिवस केबल महिलाका नाममा एकदिन औपचारिक कार्यक्रम गर्नेे र सार्वजनिक विदा दिने मौका बन्ने गरेको छ । यति मात्रै होइन, तनहुँको देवघाट गाउँपालिकाले त नारी दिवसका दिन श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिता आयोजना गरेको छ, एकपटक नारि दिवसका दिन आयोजना गरियो ।
देवघाट–५ स्थित कालिका माध्यमिक विद्यालयमा आयोजना गरिएको यो प्रतियोगिताले के नारिहरुलाई सबल बनाउने राज्यका हरेक क्षेत्रमा महिलाहरु योग्य, सक्षम छन भन्ने देखाउँछ त ? केवल रमाइलोका लागि गरिने यस्ता कार्यक्रमले दिवसको आवश्यकता र महत्वलाई एक दिने फगतको उत्सब जस्तो बनाइदिएको छ । केही वर्ष पहिले क्षेत्रीय होटल सङ्घ तनहुँले दमौलीमा श्रीमानले श्रीमती बोक्ने प्रतियोगिता आयोजना गरेकोमा अहिले महिला पनि श्रीमानलाई बोक्न सक्छन, बलिया छन भन्ने देखाउने बाहेक यो प्रतियोगिताले परिवार र समाजमा ठूलै सकारात्मक प्रभाव पार्ने देखिदैन ।
नारी दिवसका अवसरमा आयोजना भएको श्रीमान बोकेर दौडिने महिलाहरुको एक सय मिटरको दौडले उपस्थितहरुलाई भने मज्जाले हँसाएको छ । नारी दिवसका अवसरमा दिवा खाजा व्यवस्थापनका लागि विद्यालय र बाल विकास केन्द्रलाई भाँडाबर्तन वितरण तथा ढोरबाराही डेन्टल केयर सेन्टरको सहयोगमा महिला स्वास्थ दाँत प्रतियोगिता एवं दन्त शिविर समेत सञ्चालन गरेको गाउँपालिकाले श्रीमान बोकेर दौडिने प्रतियोगिताको आवश्यकता र यसले समाजमा फैल्याउने सकारात्मक प्रभाव बारे स्थानीयलाई समेत खासै बुझाउन सकेको छैन ।
क्याटेगोरी : कला र मनोरञ्जन, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #श्रीमान बोकेर
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्