प्रधानमन्त्रीलाई उद्घाटनको हतारो,मेलम्चीको पानी आउने भने अनिश्चित
काठमाडौं । मेलम्चीको पानी काठमाडौंमा झार्ने लामो समयको सपना पूरा हुन अझैबाँकी नै रहेको छ । तामझामका साथ पानी ल्याउँने हल्लामा समेत उपत्यकाबासी पानी आउँनेमा विश्वस्त हुन सकेका छैनन् । पटक पटक मिति तोकेर पनि निर्माण सम्पन्न हुन नसकेको मेलम्ची खानेपानी काठमाडौं उपत्यकाबासीलाई आउँछ भनेर आस नै हराएको छ । निर्माण सुरु भएको २२ वर्षपछि सुन्दरीजलमा मेलम्चीको पानी आईपुगेको छ । शनिबार प्रधानमन्त्री केपी ओलीले सुन्दरीजल पुगेर फ्लसिङ टनेलको हाइड्रो मेकानिकल गेटको बटन थिचेपछि मेलम्चीको पानी सुन्दरीजलमा खसेको छ । अब चैत दोस्रो साताबाट काठमाडौंका धारामा पानी वितरण गर्ने सरकारको योजना छ ।
सरकारी पक्षले चैत अर्थात अप्रिलसम्ममा घरघरमा पानी वितरण गर्ने गरी काम भइरहेको दावी गरेको छ । अहिले पनि सुन्दरीजलको पानी परिक्षणको मात्रै काम भएको हो । परिक्षणको काम सम्पन्न भएपछि बल्ल उपत्यकाबासीले बैशाखको दोश्रो सातादेखि घरघरका धारामा पानी वितरण हुन सक्ने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । तर लामो समय पानीको पर्खाइमा रहेका काठमाण्डौबासीशरु पानी आउँनेमा विश्वास गर्न सकेका छैनन् ।
आयोजनामा करिव ३१ अर्व रुपयाँ लगानी भईसकेको छ । यसको अनुमानित खर्च करिव ३२ करोड अमेरिकी डलर अर्थात ३५ अर्व नेपाली रुपयाँ रहेको छ । सिन्धुपाल्चोकको मेलम्चीबाट राजधानी लैजाने भनेर सन् १९९८ देखि आयोजना शुरु भएको थियो । यस अवधिमा अर्बौं लिटर पानी मेलम्चीमा बग्यो, त्यस सँगै आयोजना निर्माणका क्रममा अर्बौं रुपयाँ पनि सकियो तर अहिले सम्म योजना सम्पन्न भएको छैन ।
क्याटेगोरी : अर्थ, जनगुनासो, प्रमुख समाचार, ब्रेकिंग न्युज
ट्याग : #मेलम्चीको पानी
ताजा खबर
- १भीम रावललाई घनश्याम भुसालको आह्वानः एकीकृत समाजवादीमा आउनुस्
- २लिपुलेकबारे चीन–भारत सहमतिले नेपालको सार्वभौमिक अखण्डता अतिक्रमण भयोः विप्लव
- ३कांग्रेसको एक वर्षभित्र महाधिवेशन गर्न दबाब बढाउनुसः शेखर कोइराला
- ४भारतीय पूर्वप्रधानमन्त्री सिंहको राजकीय अन्त्येष्टि
- ५माओवादी पहिलो दल भए गिरिबन्धु, वाइडबडी सबै फाइल खोल्ने प्रचण्डको चेतावनी
तपाईको कमेन्ट लेख्नुहोस्