Techie IT
  • २ माघ २०८१, बुधबार
KhojPatrika

के विप्लव नेतृत्वको नेकपासँग हतियार थिएनन् त ? मोहन बैद्य र बिप्लव रणनिति बनाउदै


काठमाडौं । २०७५ फागुन २८ मा आफैले प्रतिबन्ध लगाएको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिबन्धबाट फुकुवा गर्दै प्रधानमन्त्री ओलीले शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा सो पार्टीका महासचिव विप्लवको प्रशंसासमेत गरे । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउने प्रधानमन्त्री ओलीको कदमलाई सबैले प्रशंसा गरेका छन् । सरकार र विप्लव समूहबीच भएको ३ बुँदे सहमतिमा विप्लवका पक्राउ परेका नेता कार्यकर्ता रिहा गर्ने, मूलधारको राजनीतिमा आउने जस्ता विषय समेटिएपनि हतियारको विषयमा कहिँकतै उल्लेख उल्लेख गरिएको छैन । तर सरकारी वार्ता टोलीका सदस्य डा. राजन भट्टराईले विप्लव समुहसँग भएको हतियार पनि व्यवस्थापन गरिने बताएका छन् ।

शन्तिपूर्ण राजनीतिमा आउने बुँदा भएकाले त्यसले हतियार व्यवस्थापनको विषय समेटेको भट्टारईको तर्क छ । पछिल्ला केही वर्ष विप्लव समूहले विभिन्न स्थानमा गराएका विस्फोट, कार्यकर्ताहरु पक्राउ गर्ने क्रममा प्रहरीले बरामद गरेका हतियार लगायतका विस्फोटक पदार्थका आधारमा पनि सो पार्टीका कार्यकर्ताहरूसँग हतियार र विस्फोटक पदार्थ रहेको तथ्य जगजाहेर छ । तर हिंसाबाट शान्तिको बाटोमा आउन सहमत भएको विप्लव समुहले ति हतियार कसरी व्यवस्थापन गर्छ भन्ने स्पष्ट छैन । हतियार व्यवस्थापन बारे नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई प्रश्न गर्दासमेत चित्तबुझ्दो जवाफ दिएनन् ।

शुक्रबार सम्झौतापत्रमा हस्ताक्षर गरेपछि सम्बोधन गरेका प्रधानमन्त्री केपी ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्दले पनि हतियारका बारेमा मुख खोलेनन् । त्यसैले कतिपय राजनीति विश्लेषकहरुले विप्लव समुह शान्तिपूर्ण राजनीतिमा आएको नभै आफ्ना नेता कार्यकर्ता छुटाउनका लागि मात्रै सम्झौता गरेको टिप्पणी गरेका छन् । यता विप्लव समुहका नेता धर्मेन्द्र बास्तोलाले भने आफूहरुसँग हतियान नै नभएको दावी गरेका छन् । उक्त समूहका विदेश विभाग प्रमुखसमेत रहेका बास्तोलाले हतियार नै छैन भन्नुलाई कति पत्याउने ? हतियार व्यवस्थापनबिना शान्तिपूर्ण राजनीति हुन सक्दैन । महत्वपूर्ण भनिएको तीन बुँदे सम्झौतामा नै हतियारका बारेमा केही पनि उल्लेख नगर्नुले आशंका जन्माएको छ । यससम्बन्धमा विप्लव नेतृत्वको नेकपा र सरकारले जतिसक्दो चाँडो जवाफ दिनैपर्छ ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा राष्ट्रिय राजनीतिको मूलधारमा आउन त तयार भयो । तर, पछिल्ला केही वर्ष हात हतियारको प्रयोगसहित हिंसात्मक गतिविधि गरेको नेकपाले ति हतियार कसरी व्यवस्थापन गर्छ भन्ने प्रश्न उब्जिएको छ । सरकारसँगको सम्झौतामा हतियार व्यवस्थापनसम्बन्धी केही उल्लेख नभएकाले पनि धेरैले यसको जवाफ खोजेका छन् । यतिबेला त बिप्लव आफूले छोडेर गएका मोहन बैद्यको नेतृत्वमा बनेको मोर्चामै सहभागि भएका छन् । हतियार उठाउन तत्काल सम्भव नभएको बताउने बैद्यलाई छोडेर बिप्लव भूमिगत भएका थिए । तर, यतिबेला उनी बैद्यसँग तालमेलका लागि अग्रसर देखिएका छन् ।


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #मोहन बैद्य र बिप्लव रणनिति बनाउदै, #विप्लव नेतृत्व

तपाईको कमेन्ट लेख्नुहोस्