सुर्खेतमा बादी समूदाय आन्दोलित, मुख्यमन्त्री कार्यालयमै भोक भोकै बास
सुर्खेत । व्यवस्थित बसोवास र खेतीयोग्य जमिनको माग गर्दै कर्णाली प्रदेशका बादी समुदाय संघर्षमा उत्रीएको दुई साता बित्नलागी सक्दा समेत उनीहरुको माग सम्बोधन हुन सकेको छैन । दुई साता अघि देखि मुख्यमन्त्री कार्यलयको गेटमा धर्ना दिएका उनीहरुले आफना मागहरु प्रति सरकार गम्भीर नभएको भन्दै निर्वस्त्र आन्दोलन गर्न चेतावनी दिएका छन । १२ दिन देखि भोकै धर्नामा बसेका उनीहरुले शान्तीपुर्ण आन्दोलन गर्दा सरकारले नदेखेको भन्दै थप सशक्त आन्दोलन गर्न चेतावनी दिएका छन ।
कालिकोट र दैलेखबाट पैदल हिँडेर आएका वादी समुदायका ४०२ जना नागरिकहरु १२ दिन देखि मुख्यमन्त्री कार्यालयको गेटमा धर्ना दिईरहेका छन । वादी समुदायले खेतीपाती गर्नका लागि स्थायी लालपूर्जासहितको जमिन, बस्नका लागि घर र रोजगारीको माग पूरा नहुँदासम्म मुख्यमन्त्री कार्यालयको गेट नछोड्ने उनीहरुको भनाई छ । गाउँ गाउँमा सिहंदरवार आएपनि आफुहरुको कुनै माग सम्बोधन नभएपछि प्रदेश सरकारको गेटमा धर्ना दिन आएको उनीहरुको भनाई छ । तर प्रदेश सरकारले समेत जग्गा दिने अधिकार आफनो क्षेत्र भित्र नभएको त्यसका लागि सघं र स्थानिय सरकार सगँ माग गर्न अनुरोध गरेपछि उनीहरु थप आक्रोशीत भएका हुन ।
बालुवा चाल्ने , माछा मार्न , मादल र सुल्पा बनाएर गुजारा चलाउने यो समुदाय अहिले संकटमा छ । उनीहरुसँग खेतीयोग्य जमिन छैन । माछा मार्न समते स्थानीय सरकारको अनुमति चाहिने भएपछि उनीहरुको दैनिकि गुजारा थप कठिनाई बनेको हो । पहिला जस्तो मादल र सुल्पा समेत बिक्री हुन छाडेपछि बिहान बेलुकाको छाक टार्न समेत धौधौ परेको र आफुहरु सगँ कुनै विकल्प नभएपछि जमिन र घर माग्दै प्रदेश सरकार गुहार्न आएको वादी समुदायका अगुवा हिक्मत वादी बताउछन ।
यता आन्दोलनरत वादी समुदायका माग तत्काल सम्बोधन गर्न नागरिक सङ्गठनले सरकारलाई दबाब दिए पनि सुनुवाइ हुन सकेको छैन भने अकातर्फ राष्ट्रिय मानवअधिकार आयोगको टोलीले आन्दोलनरत वादी समुदायको शारीरिक तथा मानसिक अवस्था नाजुक बन्दै गएको भन्दै चिन्ता व्यक्त गरेको छ । पछिल्लो जनगणनाअनुसार पश्चिम नेपालमा यो समुदाय करिब ३८ हजारको सख्याँमा रहेको छ । मादल, सुल्पा बनाई बिक्री गर्ने, मेला उत्सवमा नाचगान गर्ने वादी समुदायको पुख्र्यौली सीप हो । विकास र प्रविधिमा आएको परिवर्तनसँगै पुर्ख्यौली सीपले जीविका धान्न मुस्किल भएपछि खोला र नदी किनारमा माछा मार्ने, गिट्टी बालुवा चाल्ने काम गदै आएका छन ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #बादी समुदाय
ताजा खबर
- १एमाले ११ औं महाधिवेशन बन्दसत्र (तस्बिरहरु)
- २मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
- ३मुलुकमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछः प्रधानमन्त्री कार्की
- ४सरकारले संघीय संसदलाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छः देवराज घिमिरे
- ५प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको गुनासोः ‘प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ’



तपाईको कमेन्ट लेख्नुहोस्