गृहजिल्लामै लखेटिए अर्थमन्त्री,रुपन्देहीको मोतिपुरमा दिनभर झडप र प्रर्दशन
काठमाडौं । रुपन्देहीमा मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यासका लागि पुगेका नेकपा ओली समूहका महासचिव तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलमाथि स्थानीयले आक्रमण गरेका छन । स्थानीयको जग्गा जबरजस्ती हडपेर औद्योगिक क्षेत्र बनाउन लागिएको भन्दै स्थानीयले बिहिबारदेखि नै विरोध प्रदर्शन गर्दै आएका थिए । तर, बलियो सुरक्षा घेरामा शुक्रबार शिलान्यास कार्यक्रम सम्पन्न गरेपछि मञ्चमा अर्थमन्त्री पौडेलले मन्तव्य दिँदै गर्दा स्थानीयले मञ्चमै आक्रमण गरेका थिए । स्थानीयले मञ्चमै तोडफोड गरेपछि मन्त्री पौडेलले बोल्दाबोल्दै बीचैमा छाडेर हिँड्नु परेको थियो ।
विरोध गर्दै आएका स्थानीयले मञ्चतर्फ ढुंगा हान्न थालेपछि मञ्चकातर्फ रहेकाले पनि प्रतिकार गर्दा वातावरण झन् विथोलिएपछि मन्तव्य दिन सुरु गरेका अर्थमन्त्री पौडेल मञ्च छाडेर हिँडेका हुन् । स्थानीयवासीले आफूहरुको जग्गा जबरजस्ती हडपेर औद्योगिक क्षेत्र बनाउन लागिएको र आफूहरुलाई मुआब्जा दिनेबारे कुनै पनि चासो नराखिएको गुनासो गरेका छन् । यसअघि अघिल्लै हप्ता शिलान्यास गर्ने तयारी गरिएको यो औद्योगिक क्षेत्रमा स्थानीयको विरोधका कारण कार्यक्रम स्थगित भएको थियो ।
शिलान्यासका लागि तयार गरिएको मञ्च बिहिबार नै स्थानीयले भत्कादिएपछि शुक्रबार फेरि प्रहरीको कडा सुरक्षा घेरामा मञ्च निर्माण गरिएको थियो । स्थानीयको ज्ञापन पत्र, अवरोध गर्ने चेतावनी र वैकल्पिक व्यवस्थाको मागलाई पन्छाएर अर्थमन्त्री पौडेलले शिलान्यास गरेको करिडोर क्षेत्रमा भएको झडपमा १० जना स्थानीय प्रदर्शनकारी र १ जना सशस्त्र प्रहरीसहित केही प्रहरी घाइते भएका छन् ।
अर्थमन्त्रीको गाडीलाई कार्यक्रमस्थलमा आउन नदिन बिहानैदेखि उपस्थित स्थानीयले पौडेलको गाडीलाई लक्षित गरेर ढुंगा प्रहार गरेका थिए । पौडेल सम्बोधन बीचमै रोकेर हिँडे पनि सो क्षेत्रमा दिनभर तनावग्रस्त बन्यो । मोतिपुर औधोगिक करिडोरका लागि अतिक्रमण गरेको ८ सय १३ बिगाहा जमिनमध्ये २ सय ५० बिगाहा जमिनमा बिगत ५५ वर्ष देखि ३ हजार घर परिवार बस्दै आएका छन् ।
कार्यक्रमस्थलमा बोल्न नपाएपछि मन्त्री पौडेलले लुम्बिनी प्रदेशको उद्योग, वन तथा पर्यटन मन्त्रालयमा पत्रकार सम्मेलन मार्फत आफनो धारणा राखेका छन् । २०७३ सालमा स्थलगत निरीक्षणबिनै ३ हजार ६२ घर र झन्डै १ हजार बिघा जग्गा सरकारले रातारात निर्णय गरेर औद्योगिक क्षेत्रको नाममा सारेको स्थानीयको आरोप छ । लामो समयदेखि छलफल गरेर समस्या समाधानका लागि आग्रह गरे पनि सुनुवाइ नगरिएको स्थानीयले बताउदै आएका छन् । वर्षौंदेखि बसोबास गर्दै आएका स्थानीयको व्यवस्थापन नगरी औद्योगिक कोरिडोरको शिलान्यास गर्न लागेको भन्दै कार्यक्रमस्थलमा स्थानीयले नाराबाजी र धर्ना दिइरहेका छन् ।
क्याटेगोरी : अर्थ, देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #औद्योगिक क्षेत्र
ताजा खबर
- १विस्तृत शान्ति सम्झौताको १८ वर्षः युद्ध गर्ने नेताको जीवनशैली फेरियो, पीडितका दुख भने उस्तै
- २बालुवाटारमा ओली-देउवासहित कांग्रेस र एमालेका शीर्ष नेताहरू छलफलमा
- ३प्रधानमन्त्री, मन्त्री र जनप्रतिनिधिले अनुमति नलिइ उपनिर्वाचनको प्रचारमा हिँड्न नपाउने
- ४मेडिकल व्यवसायी दुर्गा प्रसाईं दोस्रो पटक पक्राउ, प्रधानमन्त्री ओलीविरुद्ध भ्रामक सामग्री प्रचार गरेको आरोप
- ५हिरासतमा रहेका रवि लामिछानेको बोलीले प्रहरी तनावमा,मौका पाउने बित्तिकै सरकारलाई गाली !
तपाईको कमेन्ट लेख्नुहोस्