एकैदिन बिप्लवको वार्ता टोलीसँग दुई पटक छलफल,सहमति नजिक पुगेको गृहमन्त्रीको दाबी
काठमाडौं । सरकार र नेत्रविक्रम चन्द विप्लव समूहबीच दोस्रो चरणको वार्ता गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सरकार र विप्लव समूहका प्रतिनिधि बीचका बैठक सकारात्मक रुपमा सम्मान भएको हो ।
सरकारी वार्ता टोलीका सदस्य डाक्टर राजन भट्टराईले दोस्रो चरणको बैठक पनि सकरात्मक भएको बताएका छन् । वार्ता विषय केन्द्रित भएको र दुवै पक्ष समान धारणा नजिक पुगेको र छिट्टै सकारात्मक निश्कर्षमा पुग्ने अपेक्षा गरिएको उल्लेख गरेका छन् । केही दिनभित्रै निकास आउने गरी छलफल भइरहेको समेत गृहमन्त्री रामबहादुर थापा बादलले दाबी गरेका छन् ।
आज बिहानै दुबै पक्षबीच बालुवाटारमै छलफल भएको थियो । सरकारले २०७५ फागुन २८ मा विप्लव समूहलाई ध्वंसात्मक गतिविधि गरेको ठहर गर्दै प्रतिबन्ध लगाएका थियो । अहिले पनि बिप्लव समूहका अन्य नेताहरु जेलमा छन् ।
क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, समाचार
ट्याग : #दोस्रो चरणको वार्ता
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्