Techie IT
  • २९ पुस २०८१, सोमबार
KhojPatrika

आधिकारिक नेकपा को ? छुट्याउन संसद सचिवालयलाई सकस


काठमाडौं । विभाजन उन्मुख अवस्थामा रहेको सत्तारुढ नेकपाको आगामी संसद बैठकमा हुनसक्ने प्रस्तुतीलाई लिएर थरीथरीका आडकलबाजीहरु भईरहेका छन । फरक फरक दल जसरी आफ्ना कामकारवाही अगाडी बढाईरहेका उक्त पार्टीका दुईओटै समुहले अख्तीयार गर्न सक्ने रणनीतिप्रती पनि आमचासो पाईन्छ । आआफ्नै संसदीय दलको नेता र प्रमुख सचेतक तोकीसकेका सत्तारुढ पार्टीका दुवै समुहलाई संसद सचिवालयले भने एउटै पार्टीको रुपमा ब्यवहार गर्ने जनाएको छ । सरकारले फागुन २३ गतेका लागी संसद बैठक आह्वान गरेको छ । विघटीत प्रतिनिधी सभालाई सर्वोच्च अदालतले पुर्नस्थापना गरेपछिको पहिलो बैठक भएकाले आउँदो बैठकलाई विशेष महत्वका साथ हेरीएको छ ।

सरकारको प्रतिनीधि सभा विघटन गर्ने कदम विरुद्ध सशक्त विरोध प्रर्दशन गरेको नेकपाकै दाहाल–नेपाल समुह आगामी संसद बैठकमा कसरी प्रस्तुत होला ? आम चासोको विषय बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नैतीकताको आधारमा राजीनामा दिनुपर्ने माग गरीरहेको नेकपाको यो समुह राजीनामा नआएमा आफुहरुले अविस्वाशको प्रस्ताव मार्फत सरकार परिवर्तन गर्ने पनी बताईरहेको छ । तर प्रधानमन्त्री ओली राजीनामा नदिने अडानमा दृढ देखिन्छन । अविस्वासको प्रस्तावको सामना गरी असफल पार्ने उनको दावी छ । यहि बिचमा उनले पार्टीको प्रमुख सचेतक बाट दाहाल–नेपाल समुहका देव गुरुङलाई हटाएर आफु निकट विशाल भट्टराईलाई नियुक्त गरेका छन । तर देव गुरुङ आफु नै आफु नै पार्टीको प्रमुख सचेतक भएको दावी गर्छन ।

प्रधानमन्त्री ओलीलाई पार्टीले संसदीय दलको नेताबाट कारवाही गरीसकेकाले उहांले दलको नेताको हैसीएतमा गरेका निर्णय आफुहरुलाई मान्य नहुने गुरुङको भनाई छ । तर, नेता गुरुङको यो तर्क संग ओली समुह भने सहमत देखिदैन । नेकपा संसदीय दलले नेताको रुपमा प्रधानमन्त्री ओलीलाई निर्वाचित गरेकाले ओली नै पार्टी संसदीय दलको नेता भएको सो समुहको दावी छ । संसदीय दलकोे निर्वाचित नेताले गरेका निर्णय मान्दीन भन्नु गैरजीम्मेवारीपनको पराकाष्ठा भएको नवनियुक्त प्रमुख सचेतक विशाल भट्टराईको भनाई छ । प्रमुख सचेतकमा पार्टी संसदीय दलको नेताले आफुलाई नियुक्त गरीसकेकाले आफुले नै प्रमुख सचेतकको जीम्मेवारी निर्वाहगर्ने भट्टराई बताँछन ।

दुई दल जस्ता देखिएका नेकपाका दुई पक्षलाई आगामी प्रतिनीधि सभा बैठकमा सत्तापक्षकै बेन्चमा बसाउने संसद सचिवालयको तयारी छ । निर्वाचन आयोग बाट दल विभाजन सम्बन्धी पत्र नआउन्जेल आफुले एउटै दलको रुपमा ब्यवहार गर्ने संसद सचिवालय बताउछ । साथै नेकपा प्रमुख सचेतकको रुपमा पनि विशाल भट्टराई लाई मात्रै चिन्ने संसद सचिवालयले भनाई छ । यतिखेरी दुवै प्रमुख सचेतकले सरकारी सुविधा प्रयोग गरीरहेका छन ।

नेकपा संसदीय दल नेता केपी शर्मा ओली भएको र उहांले प्रस्ताव गरेको ब्यक्ती नै प्रमुख सचेतक हुने संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डे बताँउछन । नेकपाको अन्र्तद्धन्दले संसद बैठकको प्रस्तुती संगै देशको राजनीतीलाई नै पेचिलो बनाई दिएको छ । आगामी संसद बैठकमा दुई धुव्रमा विभाजीत नेकपाका दुई पक्षको प्रस्तुती र मुलुकको राजनीतीको दिशा भने भविष्यले नै तय गर्नेछ ।


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #संसद सचिवालय

तपाईको कमेन्ट लेख्नुहोस्