ओलीको चेतावनी : अविश्वासको प्रस्ताव पास गरेर देखाउ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वास प्रस्ताव पारित गरेर आफूलाई पदबाट हटाउन प्रचण्ड माधव नेपाल पक्षलाई फेरि चुनौती दिएका छन्। सोमबार उनी पक्षीय नेकपाले आयोजना गरेको गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै ओलीले प्रतिनिधिसभामा प्रधानमन्त्री र संसदीय दलको नेताबाट हटाएर देखाउन चुनौती दिएका हुन्।
सर्वोच्चको फैसलाबाट प्रतिनिधिसभा पुनःस्थापना भएपछि ओली नेतृत्वको सरकारको भविष्य र नयाँ सरकारका विभिन्न विकल्पबाट छलफल चलिरहँदा ओलीले आफू संसद र संसदीय दल दुवै स्थानमा प्रतिस्पर्धा गर्न तयार रहेको उल्लेख गरे । हाल कायम रहेको नेकपाको २ सय २० सदस्यीय संसदीय दलमा ओली वा दाहाल–नेपाल पक्ष दुवै बहुमत पुर्याउने स्थिति नरहेको अवस्थामा उनले दुवै स्थानमा प्रतिस्पर्धा गर्ने चुनौती समेत दिए ।
ओलीले आफू विधि प्रक्रियामा विश्वास गर्ने भएकाले त्यसैअनुसार अघि बढ्न पनि दाहाल नेपाल पक्षलाई सुझाव दिए। प्रधानमन्त्री ओलीले भने, ‘अविश्वास प्रस्ताव राखेर हटाउन सक्नुहुन्छ। हटाउनुहोस्, विधि प्रक्रियाबाट आउनुहोस्। कुस्ती खेलेर प्रधानमन्त्री जित्न सकिँदैन। कुस्ती खेल्यो भने दिनको दुई तीनपटक प्रधानमन्त्री फेरिन्छ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #प्रधानमन्त्री केपी शर्मा
ताजा खबर
- १सरकारले यो वर्ष पनि भेटाएन सर्वोत्कृष्ट निजामती कर्मचारी !
- २संघीय निजामती र शिक्षा ऐन संसदमा दर्ता गर्ने सरकारको निर्णय
- ३कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीलाई २४ घण्टाभित्र नियुक्त गर्न परमादेश, उद्धव थापा पदमुक्त
- ४कोशी सरकार विरुद्धको रिटमा आज पनि बहस
- ५प्रतिनिधि सभा बैठकमा आज चार जना मन्त्रीसँग प्रश्नोत्तर
तपाईको कमेन्ट लेख्नुहोस्