काठमाडौंको तारकेश्वरमा वर्डफ्लुको त्रास, कहाँबाट भित्रिन्छ पटक–पटक

काठमाडौं । भारतबाट फैलिएको वर्डफ्लु नेपालमा पनि विभिन्न क्षेत्रमा देखिन थालेको छ । तेस्रो पटक देखिएकोे बर्ड फ्लुका कारण काठमाडौंको तारकेश्वरमा झण्डै साढे १५ हजार कुखुरा नष्ट गरिएको छ । सुरक्षाका उपाय अपनाउदा समेत नेपालमा फैलिएको वर्डफ्लुबाट त्रास बढेको छ । पशु सेवा विभागका अनुसार तेस्रो पटक पुष्टि भएको बर्ड फ्लु नियन्त्रण गर्न संक्रमण देखा परेको क्षेत्र वरपरका लेयर्स, बोइलर र लोकल गरेर १५ हजार ३५७ गोटा कुखुरा नष्ट गरिएको छ । जसमा लेयर्स ५६५७, बोइलर ७२३६ र २५०४ गोटा लोकल कुखुरा छन् ।
यस्तै ३ हजार ५७० गोटा अण्डा, ५० गोटा टर्की र १७ बट्टाई र ३ हजार किलो कुखराको दाना पनि नष्ट गरिएको छ । पहिलो चोटी नेपालमा काठमाडौंको तारकेश्वर नगरपालिका– ७ साङ्ले खोला फुटुङका स्थानीय कृषकहरुले पालेका टर्की र हाँसमा बर्ड फ्लू देखिएको थियो । जसमा १८ सय ६५ वटा हाँस, ६ सय २२ बट्टा, ३२ वटा कुखुरा, २५ वटा टर्की, ५ सय ४२ थान अण्डा र ७५ केजी दाना नष्ट गरिएको थियो । यसै गरी दोस्रो पटक पनि तारकेश्वर नगरपालिकाकै वडा नम्बर १ मा स्थानीय किसानले पालेका कुखुरामा बर्ड फ्लु देखिएको थियो । जसमा ५६५७ लेयर्स कुखुरा, ७२३६ ब्रोइलर कुखुरा, २५०४ लोकल कुखुरा, ५० टर्की, १७ बट्टाई, ३५७० अण्डा र ३००० केजी दाना नष्ट गरिएको थियो । यसरी नेपालमा बारम्बार बर्डफ्लु देखिदा समेत यसलाई सरकारले पुर्ण रुपमा नियन्त्रण गर्न सकेको छैन ।
नेपालमा बर्ड फ्लु देखिए पनि भारतबाट आयात हुने क्रम भने रोकिएको छैन । सरकारले मासु जन्य वस्तु आयात गर्न सरकारले रोक लगाए पनि दिनानु दिन अवैध रुपमा आयात भइरहेको छ । बर्डफ्लु कुखुरा, हाँस, टर्की, चराचुरुङ्गी लगायत पन्छीमा लाग्ने सरुवा रोग भएकोले यो द्रुत रुपमा फैलिने र ज्यान पनि लिन सक्ने भएकाले यसलाई सरुवा रोगको रुपमा लिइन्छ । बर्ड फ्लु मुख्यतः चराबाट बसाइँ सराइका क्रममा सर्ने जानकार बताउँछन । बर्ड फ्लु निमोनिया, रुघाखोकीजस्तै भएकाले चिसोमा बढी असर गर्छ । यसका लागि सरसफाइमा विशेष ध्यान दिनुपर्ने चिकित्सकहरु बताउछन् ।
नेपालमा २०६० सालमा झापाबाट बर्ड फ्लु सुरु भएको हो । दुई वर्षअघि विराटनगर र रसुवामा करिब २२ हजार कुखुरा नष्ट गरिएको थियो । अहिले फेरि देखिन थालेको छ । अहिले देखिएको बर्ड फ्लु तुलनात्मक रूपमा कमजोर अनुमान गरिएको छ । विश्व व्यापी महामारीका कारण थला परेको नेपालको कृषि क्षेत्र बर्डफ्लुले फेरी प्रभावित बनाएको छ । बर्डफ्लुका भाइरस मासु, प्वाँख, सिंगान, ¥याल, सुली, दाना, अण्डा, अण्डा राख्ने क्रेट, दाना राखेका बोरा लगायतको सम्पर्कबाट सर्ने गर्दछ । यस बाट जोगिन सबै सतर्कता रहनै पर्छ ।
क्याटेगोरी : अर्थ, खेती किसानी, देश/दुनियाँ, ब्रेकिंग न्युज, समाचार
ट्याग : #वर्डफ्लु
ताजा खबर
- १सर्बोच्चले उल्टाइदियो पूर्वडीआईजी रञ्जन कोइरालाको फैसला, जन्मकैद कायम
- २सर्बोच्चले लगायो बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन रोक,विकल्प खोज्न आदेश
- ३संसदमा ओलीको प्रश्नै–प्रश्नः सरकारले चुनावमा धाधली गरेकोदेखि पार्टी फुटाएकोसम्म आरोप
- ४७ सय ४९ वटा पालिकाको अन्तिम मत परिणाम आयो, काठमाडौंमा बालेनलाई विजयी घोषणा गर्न बाँकी
- ५५ वर्षअघि विद्यार्थी बलात्कार गरेको अभियोगमा तत्कालीन प्रिन्सिपल प्रहरी फन्दामा
तपाईको कमेन्ट लेख्नुहोस्