Techie IT
  • ८ माघ २०८१, मंगलबार
KhojPatrika

नेकपा प्रचण्ड–माधव समूहले बोलायो संसदीय दलको बैठक


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले संसदीय दलको बैठक बोलाएको छ । मंगलबार सर्वोच्च अदालतले संसद पुनःस्थापनाको फैसला गरेसँगै उक्त समूहले संसदीय दलको बैठक बोलाएको हो ।

बधबार अपराह्न ४ बजेका लागि संसदीय दलको बैठक बोलाइएको दाहाल–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते गरेको संसद विघटन सर्वोच्चले बदर गरेको हो ।

सर्वोच्चको फैसलासँगै प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पक्षका नेताहरुसँगको भेटघाटलाई तिब्रता दिएका छन ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #संसदीय दलको बैठक

तपाईको कमेन्ट लेख्नुहोस्