आयो नेपालमा कोभिड–१९ विरुद्धको १० लाख डोज खोप

काठमाडौं । सरकारले भारतको सेरम इन्ष्टिच्युटबाट किनेको कोभिड–१९ विरुद्धको १० लाख डोज खोप नेपाल आइपुगेको छ । आइतबार दिउँसो एयर इन्डियाको विमानबाट कोभिशिल्ड खोप त्रिभुवन विमानस्थल आइपुगेको हो ।विमानस्थलबाट सरकारी अधिकारीहरुले खोपलाई सुरक्षित तरिकाले भण्डारणस्थलसम्म पुर्याएका छन् । सरकारले सेरमसँग २० लाख डोज खोप किन्ने निर्णय गरेको थियो र त्यसका लागि खरिद ऐन एक पटकका लागि संशोधन गरेर ९३ करोड अग्रिम भुक्तानी पनि दिइसकिएको छ ।
अहिले स्वास्थ्यकर्मी, सफाईकर्मी,कर्मचारी तथा विभिन्न पेशाकर्मीलाई पहिलो चरण अन्तर्गत खोप लगाइएको छ । अहिले चालक सहचालक तथा शिक्षकहरुलाई खोप लगाउन थालिएको छ । अबको केही दिनमा पहिलो अभियान पुरा गरेर दोश्रो अभियान सुरु गर्ने तयारीमा सरकार जुटेको छ । यही महिनाको २३ गतेबाट ६० वर्षमाथीका जेष्ठ नागरिकलाई खोप लगाउने कार्यतालिका समेत सार्वजनिक गरिएको छ ।
टेकुमा रहेको भण्डारण स्थलमा राखिएको खोप फागुन २३ देखि कोभिड खोप अभियानअन्तर्गत जिल्ला स्वास्थ्य कार्यालयमार्फत वितरण हुनेछ । यसअघि भारत सरकारले १० लाख डोज कोभिडसिल्ड खोप अनुदानमा उपलब्ध गराएको थियो। उक्त खोप माघ १४ गतेबाट लगाउन थालिएको हो। सरकारले अहिले स्वास्थ्यकर्मी, कर्मचारी र अग्रपङ्क्तिमा काम गरिरहेका कर्मचारीलाई खोप दिइरहेको छ। यसैगरी चीन सरकारले पनि नेपाललाई पाँच लाख मात्रा खोप उपलब्ध गराउने भएको छ। चीनले ‘भेरोसिल’ नामक खोप उपलब्ध गराउने भनेको छ। उक्त खोप औषधि व्यवस्था विभागले समेत सूचिकृत गरिसकेको छ।
क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, समाचार
ट्याग : #१० लाख डोज खोप, #सेरम इन्ष्टिच्युट
ताजा खबर
- १फेरि इन्धनको मूल्यमा भारी वृद्धि, अब एक लिटर पेट्रोलको १ सय ८० रुपैयाँ
- २काठमाडौंमा बालेन्द्र र चितवनमा रेनुको चर्चा,यो चुनावमा यसरी उदाय स्वतन्त्र उमेद्वार
- ३मतदातालाई धन्यवाद दिन गाउँ पुगे नेतासँगै रुकुम मुसिकोटका मेयर महेन्द्र केसी
- ४८ वर्षअघिको बलात्कार घटना सार्वजनिक भएपछि पक्राउ परे मनोज पाण्डे
- ५आठ वर्षअघिको बलात्कार घटनाको छानविन गर्न प्रहरीले बनायो एसएसपी नेतृत्वको समिति
तपाईको कमेन्ट लेख्नुहोस्