आयो नेपालमा कोभिड–१९ विरुद्धको १० लाख डोज खोप
काठमाडौं । सरकारले भारतको सेरम इन्ष्टिच्युटबाट किनेको कोभिड–१९ विरुद्धको १० लाख डोज खोप नेपाल आइपुगेको छ । आइतबार दिउँसो एयर इन्डियाको विमानबाट कोभिशिल्ड खोप त्रिभुवन विमानस्थल आइपुगेको हो ।विमानस्थलबाट सरकारी अधिकारीहरुले खोपलाई सुरक्षित तरिकाले भण्डारणस्थलसम्म पुर्याएका छन् । सरकारले सेरमसँग २० लाख डोज खोप किन्ने निर्णय गरेको थियो र त्यसका लागि खरिद ऐन एक पटकका लागि संशोधन गरेर ९३ करोड अग्रिम भुक्तानी पनि दिइसकिएको छ ।
अहिले स्वास्थ्यकर्मी, सफाईकर्मी,कर्मचारी तथा विभिन्न पेशाकर्मीलाई पहिलो चरण अन्तर्गत खोप लगाइएको छ । अहिले चालक सहचालक तथा शिक्षकहरुलाई खोप लगाउन थालिएको छ । अबको केही दिनमा पहिलो अभियान पुरा गरेर दोश्रो अभियान सुरु गर्ने तयारीमा सरकार जुटेको छ । यही महिनाको २३ गतेबाट ६० वर्षमाथीका जेष्ठ नागरिकलाई खोप लगाउने कार्यतालिका समेत सार्वजनिक गरिएको छ ।
टेकुमा रहेको भण्डारण स्थलमा राखिएको खोप फागुन २३ देखि कोभिड खोप अभियानअन्तर्गत जिल्ला स्वास्थ्य कार्यालयमार्फत वितरण हुनेछ । यसअघि भारत सरकारले १० लाख डोज कोभिडसिल्ड खोप अनुदानमा उपलब्ध गराएको थियो। उक्त खोप माघ १४ गतेबाट लगाउन थालिएको हो। सरकारले अहिले स्वास्थ्यकर्मी, कर्मचारी र अग्रपङ्क्तिमा काम गरिरहेका कर्मचारीलाई खोप दिइरहेको छ। यसैगरी चीन सरकारले पनि नेपाललाई पाँच लाख मात्रा खोप उपलब्ध गराउने भएको छ। चीनले ‘भेरोसिल’ नामक खोप उपलब्ध गराउने भनेको छ। उक्त खोप औषधि व्यवस्था विभागले समेत सूचिकृत गरिसकेको छ।
क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, समाचार
ट्याग : #१० लाख डोज खोप, #सेरम इन्ष्टिच्युट
ताजा खबर
- १अमेरिका फर्किदैं धुर्मुसले लेखे– १८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु
- २प्रधानमन्त्री बालेन शाहले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
- ३बालेन सरकारमाथि बादलको कडा टिप्पणी, नेतृत्व लिन रविलाई आग्रह
- ४रास्वपा बैठकमा सांसदका गुनासै गुनासा, सरकार जिम्मेवार नबनेको आरोप
- ५सिंहदरबारमै ब्यस्त सांसद, गाउँ जानै छाडे



तपाईको कमेन्ट लेख्नुहोस्