Techie IT
  • २४ माघ २०८१, बिहीबार
KhojPatrika

एमीकस क्युरीको बहस,संसद विघटनबारे आ–आफनै तरिका


काठमाडौं । एमीकस क्युरी वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले पार्टीभित्रको विवादलाई देखाएर प्रतिनिधिसभा विघटन गर्नु संविधानसम्मत् नभएकोे बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दामा एमीकस क्युरीको तर्फबाट बिहीबार राय राख्दै संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ता शाक्यले पार्टीभित्रको विवादमा संविधानका धारा देखाएर संसद् विघटन गर्न नमिल्ने बताएका हुन् ।

उनले प्रधानमन्त्री ओलीले पार्टीभित्रको विवाद देखाएर प्रतिनिधिसभा विघटन गरेको भनेर दिएको लिखित जवाफ उल्लेख गर्दै त्यस्तो गर्न संविधानले नदिने बताए । उनले त्यसरी जाने हो भने त्यो संसदीय मान्यता नभएको बताए । अविश्वासको प्रस्ताव ल्याउने कुरा संसदीय दलको विधानमा व्यवस्था रहेको शाक्यको भनाइ थियो । प्रधानमन्त्रीले संसदीय दलको नेतामा निर्वाचित भएर देखाउ र छोड्छु नभए मलाई दुःख नदेऊ भन्नुपर्नेमा प्रतिनिधिसभा विघटन गरेको उनको आरोप छ ।

धारा ८५ अनुसार संसद् विघटन गर्ने अधिकार नहुने शाक्यको भनाइ थियो । संविधानबमोजिम अगावै विघटन भएमा बाहेक भनेको धारा ७६ उपधारा ७ बमोजिम भनेको हो भन्ने उनले तर्क राखे । जुन आधार देखाएर विघटन गरिएको छ त्यो असान्दर्भिक भएको शाक्यको भनाइ छ । यता वरिष्ठ अधिवक्ता विजयकान्त मैनालीले संविधानको धारा ७६ ले प्रतिनिधिसभा विघटनको अधिकार दिएको जिकिर गरेका छन् । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलासमा भइरहेको सुनुवाइको क्रममा एमिकस क्युरीको तर्फबाट सुझाव दिँदै मैनालीले राष्ट्र विभाजित भएको मुद्दामा जनतामा जाने निर्णय नै उत्तम भएको दाबी गरे ।


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #एमीकस क्युरी

तपाईको कमेन्ट लेख्नुहोस्