कहिले होला खुल्लामञ्च खाली,नेताहरुले भाषण गर्ने थलोमा गाडी र कवाडी

काठमाडौं । नेपालको राजनीतिक परिवर्तनको साक्षी हो काठमाण्डौको खुलामन्च । त्यही खुलामन्चको प्रयोगमा धेरै आन्दोलनहरु भए । देशमा मात्रै होइन, विश्वभर आवाज बुलन्द जब हुन्थ्यो तब खुलामन्चबाट उद्घोष हुन्थ्यो । तर त्यही खुलामन्च अहिले संकटमा परेको छ । पछिल्लो समय राजनीतिक कार्यक्रम बढ्न थालेपछि बल्ल खुलामन्चको आवश्यकता फेरी महसुश हुन थालेको छ । वि.स. २०३६ सालमा जनमत संग्रह घोषणा भएपछि बीपी कोइरालाले पहिलोपटक खुलामञ्चमा विशाल सभा आयोजना गराएका थिए । त्यसपछिका दिनमा खुलामन्चको प्रयोग र महत्व बढेको थियो ।
हरेकजसो राजनीतिक परिवर्तनको साक्षी त्यही खुलामन्च थियो । महत्वपूर्ण कार्यक्रम र सभाहरु गर्न उचित स्थलको रुपमा प्रयोग भइरहेको त्यही खुलामन्च अहिले अस्तित्वको खोजीमा छ । अनेकौँ स्वार्थका लागि खुलामन्च अतिक्रमण हुन थालेको करिब ६ वर्ष भयो । खुलामन्च जोगाउनुपर्छ, कुनै बेला आवश्यकता पर्छ भन्ने महसुश कसैलाई भएन । तर अहिले राजनीतिक घटनाक्रमले फेरी खुलामन्चको आवश्यकता महसुश गराएको छ । दलहरु खुलामन्चको साँटो सडकमा आमसभा गर्न बाध्य छन् । राज्यको फितलो ब्यबस्थापनको कारण खुल्लामञ्च ठेकेदारहरुको अतिक्रमणमा परेको सर्वसाधारण बताउँछन् ।
खुलामञ्च बन्द गर्नु नै नागरिकहरुको स्वतन्त्र अभिव्यक्ति बन्द गर्नु जस्तै हुने कतिपयको टिप्प्णी छ । त्यसैले अब खुलामन्चको संसक्षण गर्नुको विकल्प नभएको सुझाब सर्वसाधारणले दिएका छन् । आवश्यकता महसुश भएपछि भने काठमाण्डौ महानगरपालिकाले चासो दिन थालेको छ । विभिन्न भौतिक संरचना निर्माणका सामग्री हटाउने र खुलामन्च अतिक्रमण गरेर नै बनाइएको बसपार्क पनि हटाउने महानगरको योजना छ ।
पछिल्लो समय हरेक दिनजसो सडकमा हुने विशाल विरोध प्रदर्शन, र्याली, आमसभा लगायतले महानगर क्षेत्र भित्रका सडकहरु अस्तव्यस्त बन्ने गरेको र त्यसको मार महानगरवासीले खेप्नु परेकोप्रति थप ध्यानाकर्षण भै महानगरपालिकाले अझ छिटो भन्दा छिटो खुलामञ्च खुला गर्ने तयारी महानगरको छ । बहुदलीय ब्यबस्था आएपछि पुराना राजतन्त्रात्मक ब्यबस्थाका बिरुद्द गणतन्त्रबादी नेताहरुले खबरदारी गर्ने थलोको रुपमा खुल्लामन्च नै प्रयोग हुँदै आयो । १९ दिने जनआन्दोलन देखि १० बर्षे जनयुद्दको विधिवत बिश्राम गर्ने थलो बन्यो खुल्लामन्च । नागरिकहरुका विभिन्न असन्तुष्टिहरु पोख्ने र बिचार बिमर्श गर्ने खुल्ला थलोको रुपमा एतिहासिक महत्व बोकेको खुलामञ्चलाई अहिले खुम्च्याइएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #खुल्लामञ्च
ताजा खबर
- १एनसेलको शेयर बिक्रीले खैलाबैला,छानविन गर्न समिति गठनदेखि अदालतको अंकुशसम्म !
- २बेलायतले रुसलाई लगायोआफ्ना शीर्ष नेताविरुद्ध साइबर जासुसी गरेको आरोप
- ३गाजाको अवस्था अत्यन्त खराब भएको संयुक्त राष्ट्रसंघीय एजेन्सीको दाबी
- ४राष्ट्रियसभा निर्वाचनका लागि कार्यतालिका सार्वजनिक,दल दर्ता गर्न निर्वाचन आयोगको आह्वान
- ५त्रिभुवन विमानस्थल भन्सारबाट १४ किलो सुन बरामद, ज्याकेट र जुत्तामा लुकाएको फेला (भिडियो सहित)
तपाईको कमेन्ट लेख्नुहोस्