नेकपा नेतृ रामकुमारी झाँक्री पक्राउ, राज्यविरुद्धको कसुर गरेको आरोप
काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँकीलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीको टोलीले नेतृ झाँक्रीलाई शंखमुलस्थित निवासबाटै पक्राउ गरेको हो । रामकुमारीलाई राज्यविरुद्धको कसुरअन्तर्गत दफा ५८ को कसुरमा अनुसन्धान गर्ने गरी पक्राउ गरिएको प्रहरीले जनाएको छ । राज्यविरूद्धको कसुर दफा ५८ मा बलप्रयोग गरी वा नगरी राष्ट्रपति वा संसद्लाई कुनै किसिमको धम्की दिने वा डर त्रास देखाउने वा दवाब दिने सम्बन्धी कसुर छ ।
राज्यविरूद्धको सजाय निर्धारणसम्बन्धी सर्वोच्चले बनाएको मार्गदर्शनले यस्तो कसुरमा ४ देखि ७ वर्षसम्म कैद वा ७० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था गरेको छ । प्रहरीले पक्राउ पूर्जी थमाएपछि नेतृ झाँक्रीले कानुनलाई सम्मान गर्ने भन्दै गिरफ्तारी दिन सहमत भएकी थिइन ।
गिरफ्तारी दिनुअघि नेतृ रामकुमारी झाँक्रीले सरकारले अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने प्रयास गरेको आरोप लगाएकी छिन् । नेतृ झाँक्रीले आफ्नै निवासबाट गिरफ्तारी दिन लागेको बताउँदै नेता–कार्यकर्तालाई सहयोग र समर्थनका लागि धन्यवाद दिएकी छिन् । उनको निवासमा पुगेका कार्यकर्ताले सरकार बिरुद्ध चर्को नारावाजी गरेका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #निवासबाटै पक्राउ, #रामकुमारी झाँकी
ताजा खबर
- १बहुमतका आधारमा प्रतिनिधिसभाको उम्मेद्वार सिफारिस गर्दा रुकुमपश्चिमको कांग्रेसमा खैलाबैला !
- २उपाध्यक्ष देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्यो निलम्बन
- ३एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड बराबर ऋण दिने
- ४संसद् विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश
- ५एमाले महाधिवेशन–मतदान प्रक्रिया स्थगित, भोलि बिहान ८ बजेबाट हुने



तपाईको कमेन्ट लेख्नुहोस्