महत्वकांक्षी बजेट ल्याएको सरकारले काम गर्न नसकेपछि बीचमै घटायो बजेटको आकार

काठमाडौं । सरकारले अर्धवार्षिक समीक्षा मार्फत बजेटको आकार घटाएको छ । चालू आर्थिक वर्ष २०७७\०७८ का लागि सरकारले १४ खर्ब ४६ अर्ब रुपैयाँको आयव्यय विवरण सार्वजनिक गरेको थियो । ६ महिनाको बजेट खर्चको अनुमानका आधारमा यस आर्थिक वर्षको बजेट १३ खर्ब ४४ अर्ब ६८ करोड रुपैयाँको मात्र हुने अर्थ मन्त्रालयले जनाएको छ । यो कुल बजेटको ९१ दशमलव १९ प्रतिशत मात्र हो ।
अर्थमन्त्री विष्णु पौडेलले यो बजेट निर्वाचन र कोभिड खोपमा हुने खर्च समेत जोडेर भएको बताए । यसमा अनिवार्य दायित्व र पूर्वसहमति दिइएका आयोजनाको बजेट कटौती नहुने उनले जानकारी दिए । संशोधित अनुमान अनुसार चालू खर्च ९ खर्ब १४ अर्ब, पूँजीगत खर्च २ खर्ब ८३ अर्ब र वित्तीय व्यवस्थातर्फ १ खर्ब ४६ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । अर्थ मन्त्रालयले मध्यावधि निर्वाचनको तयारीका लागि निर्वाचन आयोगलाई ७ अर्ब रुपैयाँको स्रोत सुनिश्चित गरिदिएको छ ।
अर्थमन्त्री विष्णु पौडेलका अनुसार निर्वाचन खर्चको आकार अझै तय भएको छैन । यद्यपि आयोगले हालसम्म माग गरेको ७ अर्ब रुपैयाँको स्रोत सुनिश्चित गरिदिएको मन्त्री पौडेलले जानकारी दिए । सरकारले वैशाखमा गर्ने भनेको प्रतिनिधिसभा चुनाव, कोभिड खोपसमेतमा बजेट ब्यवस्थापन गरेको जनाएको छ । तर, नयाँ शिर्षकमा थप खर्च गर्ने भन्दाभन्दै पनि बजेट आकार घटाएको छ । पुँजीगत खर्च २० प्रतिशत विन्दुले घटाइएको छ ।
डाक्टर युवराज खतिवडाले ल्याएको बजेट उनकै दलबाट अर्थमन्त्री बनेका पौडेलले संशोधन गरेका हुन् । बजेटको संशोधित अनुमान अनुसार चालु आर्थिक वर्षमा सरकारले राजस्व र आन्तरिक ऋणबाट १० खर्ब ७४ अर्ब ६८ करोड, वैदेशिक अनुदानबाट ३५ अर्ब र वैदेशिक ऋणबाट २ खर्ब ३५ अर्ब रुपैयाँ प्राप्त गर्ने लक्ष्य राखेको छ । सरकारले वैदेशिक अनुदानतर्फ ३५ अर्ब र वैदेशिक ऋणतर्फको लक्ष्य २ खर्ब ३५ अर्ब रुपैयाँ निर्धारण गरेको छ ।
क्याटेगोरी : अर्थ, जनगुनासो, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #अर्थमन्त्री विष्णु पौडेल, #बजेटको आकार घटाए
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्