पहिलो चरणमा प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम तथा दोस्रो चरणमा कर्णाली, बागमती र प्रदेश एकमा चुनाव हुने
काठमाडौं । सरकारले प्रतिनिधि सभाको निर्वाचन आगामी वैशाख १७ गते ४० जिल्लामा र २७ गते ३७ जिल्लामा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकले बैशाख १७ गते प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका ४० जिल्लामा पहिलो चरणमा निर्वाचन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सुचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिए ।
त्यस्तै वैशाख २७ गते दोस्रो चरणमा कर्णाली, बागमती र प्रदेश १ का ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको उनले बताए । मन्त्रिपरिषदले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ । बैठकले संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको ४६ औं महासभामा भर्चुअल माध्यमबाट सहभागी हुन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको नेतृत्वमा १२ सदस्यीय नेपाली प्रतिनिधि मण्डल गठन गर्ने निर्णय गरेको छ ।
वन तथा वातावरुण मन्त्रालयको प्रस्तावमा लुम्बिनी केवलकार प्रालिलाई रुपन्देही र पाल्पा जिल्ला अन्र्तगतको ६ दशमलव २७ हेक्टर राष्ट्रिय वन क्षेत्र २५ वर्षका लागि प्रयोग गर्न दिएको उनले बताए । त्यसैगरी सरकारले शिक्षा नवौ शंसोधन नियमावली संशोधन २०७७ स्वीकृत गरेको छ । निर्वाचन आयोगको दरवन्दी तथा माध्यमिक कक्षा एसईई प्रदेश सरकारले सञ्चालन गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी मलेसियाको सामाजिक सुरक्षा संस्थाहरुसँगको समझदारी पत्र स्वीकृत तथा हस्ताक्षरका लागि अख्तियारी प्रदान गरेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #प्रतिनिधि सभाको निर्वाचन
ताजा खबर
- १युद्धको भिडियो र फोटो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ, कडा कारबाही र डिपोर्ट हुनसक्ने परराष्ट्रको चेतावनी
- २सेवा प्रवाह प्रभावकारी बनाउन काठमाडौं प्रशासनमा ‘सार्वजनिक सम्बोधन प्रणाली’ लागू
- ३नयाँ जनादेशले देशलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगायो : प्रधानमन्त्री
- ४पैसाको सदुपयोग गर्न जान्नुपर्छ– गभर्नर
- ५ड्रोन आक्रमणपछि दुबई विमानस्थल अस्थायीरुपमा बन्द



तपाईको कमेन्ट लेख्नुहोस्