आन्दोलनकारीले पकाए सडकमै भात,ठाउँ–ठाउँमा आगजनी
काठमाडौं । बिहिबार आमहड्ताल गर्न निष्किएका आन्दोलनकारीले सडकमै भात पकाएर खाएका छन् । उनीहरुले भात,दात र तरकारी पकाएर आन्दोलनमा सहभागि भएका आन्दोलनकारीलाई खाना खुवाएका हुन् । कोटेश्वर चोकमा बिहानैदेखि जम्मा भएका प्रदर्शनकारीले सडकमै भात पकाएका हुन् । ‘क्याटरिङबाट भाडा ल्याएर सडकमै खाना पकाएर खाएको नेताहरुले बताएका छन् ।
कोटेश्वरमा करिव ५ सय बराबर मानिसले खाना खाएका छन् । त्यस्तै, प्रचण्ड(माधव समूहले आह्वान गरेको आमहड्तालको प्रभाव देशभरका सहरी क्षेत्रमा देखिएको छ । लामो दूरीका सवारी–साधन सञ्चालनमा आएका छैनन् भने ग्रामिण भेगमा अवरोध छैन । शहरी क्षेत्रमा समेत भित्री बाटोमा गाडी चलेका छन् ।
गृह मन्त्रालयले सवारी सञ्चालन गर्न यातायात व्यवसायीहरुलाई आह्वान गरेको थियो । यद्यपि, व्यवसायीहरुले सञ्चालन गरेनन् । विभिन्न जिल्लाबाट छुटेका रात्री सेवाका गाडीहरुलाई प्रहरीले स्कर्टिङ गरेर कटाएको छ भने ट्रकहरुलाई पनि सञ्चालनमा सहजिकरण गरेको छ । त्यसक्रममा ठाउँठाउँमा सवारीसाधनमाथि ढुंगा प्रहार भएको छ भने काठमाडौंमा ट्याक्सीसमेत आगजनी भएको छ । देशभर ९७ जना आन्दोलकारी पक्राउ परेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #आमहड्ताल
ताजा खबर
- १‘लुटतन्त्र‘ सच्याउने मोडमा छौँ, इमान्दार व्यवसायी डराउनु पर्दैनः अर्थमन्त्री स्वर्णिम वाग्ले
- २सरकारको कार्यशैलीप्रति गगन थापाको प्रश्नः ‘हाम्रो नम्रतालाई कमजोरी नठानियोस्’
- ३सरकारले एकपछि अर्को जनविरोधी काम गरिरहेको छः माधवकुमार नेपाल
- ४बल्खुका सुकुम्बासीको आक्रोशः विकल्प र पूर्वजानकारी बिना नै बस्ती हटाइएको गुनासो
- ५सुकुम्बासीको ‘स्क्रिनिङ’: १ सय ६४ जनाले बुझाए विवरण



तपाईको कमेन्ट लेख्नुहोस्