आन्दोलनकारीले पकाए सडकमै भात,ठाउँ–ठाउँमा आगजनी

काठमाडौं । बिहिबार आमहड्ताल गर्न निष्किएका आन्दोलनकारीले सडकमै भात पकाएर खाएका छन् । उनीहरुले भात,दात र तरकारी पकाएर आन्दोलनमा सहभागि भएका आन्दोलनकारीलाई खाना खुवाएका हुन् । कोटेश्वर चोकमा बिहानैदेखि जम्मा भएका प्रदर्शनकारीले सडकमै भात पकाएका हुन् । ‘क्याटरिङबाट भाडा ल्याएर सडकमै खाना पकाएर खाएको नेताहरुले बताएका छन् ।
कोटेश्वरमा करिव ५ सय बराबर मानिसले खाना खाएका छन् । त्यस्तै, प्रचण्ड(माधव समूहले आह्वान गरेको आमहड्तालको प्रभाव देशभरका सहरी क्षेत्रमा देखिएको छ । लामो दूरीका सवारी–साधन सञ्चालनमा आएका छैनन् भने ग्रामिण भेगमा अवरोध छैन । शहरी क्षेत्रमा समेत भित्री बाटोमा गाडी चलेका छन् ।
गृह मन्त्रालयले सवारी सञ्चालन गर्न यातायात व्यवसायीहरुलाई आह्वान गरेको थियो । यद्यपि, व्यवसायीहरुले सञ्चालन गरेनन् । विभिन्न जिल्लाबाट छुटेका रात्री सेवाका गाडीहरुलाई प्रहरीले स्कर्टिङ गरेर कटाएको छ भने ट्रकहरुलाई पनि सञ्चालनमा सहजिकरण गरेको छ । त्यसक्रममा ठाउँठाउँमा सवारीसाधनमाथि ढुंगा प्रहार भएको छ भने काठमाडौंमा ट्याक्सीसमेत आगजनी भएको छ । देशभर ९७ जना आन्दोलकारी पक्राउ परेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #आमहड्ताल
ताजा खबर
- १माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीयः सूर्य थापा
- २नेपाल वायुसेवा निगम ६८ औँ वर्षमा प्रवेश, आर्थिक रूपमा धराशायी, सेवा खस्किँदो
- ३स्पेनका समकक्षीद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी
- ४कुलिङ पिरियडमा गरिएको हेरफेर संसदको अपमान भयोः शेखर कोइराला
- ५जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्री राणाको आग्रह
तपाईको कमेन्ट लेख्नुहोस्