Techie IT
  • २१ कात्तिक २०८१, बुधबार
KhojPatrika

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको विहेमा तामझाम,कम्युनिष्ट नेताकै बिहे चकित पार्ने


काठमाडौं । जनवादी बिवाह, कुनै प्रकारको तडकभडक बिनै रातो टीका र फुल मालाले सम्पन्न गाराउनेगरि कम्युनिष्टहरुले प्रचलनमा ल्याएको एउटा बिवाह संस्कार । यो बिवाहले गरगहना, पोशाक, खानपानको प्रतिस्पर्धा गर्ने पुजीवादी समाजलाई केही शिक्षा दिनेगरेपनि अहिले जनवादी बिवाहको संस्कार नै हराउन थालेको छ । हुनत सत्तारुढ दल नेकपाले नेताहरुको जिवनशैलीलाई सरल र मितब्ययी बनाउन भन्दै ११ बुदे आचारसंहिता नै लागू गरेको छ । तर, जनवादी बिवाहको प्रचलन भने पुरै नै हराउन थालेका छन् । नेकपाको आचारसंहिताको बुदा नम्बर दुईमा आफ्नो तथा छोरी, छोराको विवाहलाई सरल मितव्ययी बनाउनुपर्ने, । जन्मदिन, ब्रतबन्ध, पास्नीजस्ता परम्परागत संस्कारलाई घरपरिवारमा मात्र सीमित गर्नुपर्छ भनेको छ ।

अझ, बुदा नम्बर ९ मा प्रत्येक सदस्यले आफ्नो दैनिकीमा सादा जीवन र उच्च विचारलाई प्राथमिकतामा राख्नुपर्छ । आफूले मात्र होइन आफ्नो परिवार, गाउँ, टोल, सहरबजार, स्कुल, कलेज सबै ठाउँ र संस्थानहरूमा यस किसिमको जीवनशैलीका निम्ति प्रोत्साहन गर्नुपर्छ । आफ्नो जीवनलाई सधैं जनताबीच खुला किताबजस्तै राख्न प्रयत्न गर्नुपर्छ भनिएको छ । तर प्रतिबद्धता र आचारसंहिता एकातिर व्यवहार अर्को देखिन थालेको छ, नेपाली समाजमा । अचेल त जनवादी विवाह एकादेशको कथा जस्तै बनेको छ । यतिसम्म कि, जनवादी विवाह प्रचलनमा ल्याउने नेताहरु नै आफ्नो र आफ्ना सन्तानको विवाह पाँचतारे होटलमा भव्य रुपमा मनाउन प्रतिस्पर्धा गरिरहेका छन् ।

आम सर्वसाधारणबाट मात्रै होइन नेताहरुबाट समेत रबाफ र भड्किलो बिवाहको बिरोध हुँदै आएको छ । रपनि तारे होटल र पार्टी प्यालेसेसमा तामझाम गर्न रोखिएको छैन । न सुन न चादी न त कुनै प्रकारको तडकभड्क रातो टीका र मालाले सम्पन्न हुने जनवादी विवाहको संस्कार बसाल्ने कम्युनिष्ट नेता, अझ भनौँ प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको बिवाहमा देखिएको यो तडकभडकले हाम्रो बिवाह सरल र मितव्ययी होइन भड्कीलो बन्दैगरेको देखाएको छ । उमेरले आधा शतक पार गरिसकेका मुख्यमन्त्री राईले आफूभन्दा २९ वर्ष कान्छी २२ वर्षीय मोडल ज्याङमु शेर्पासित आइतबार बिबाह गरे ।

काठमाडौंस्थित एक पार्टी प्यालेसमा भएको विवाह समारोह समान्य भीडभाडरहित जस्तो देखिएपनि मुख्यमन्त्री राईले आयोजना गरेको रिसेप्सन पार्टीमा भने प्रधानमन्त्री मन्त्री लगायत नेकपाका नेताहरुको उपस्थिति बाक्लो देखिएको थियो । बिवाद र रिसेप्सन पार्टीसँगै भएका विभिन्न समारोहमा मुख्यमन्त्री राई र उनकी पत्नी शेर्पाको तडकभडक भने कम्युनिष्टहरुको जनवादी बिवाहलाई गिज्याउने खालको देखियो । बिवाहका विभिन्न शमारोहमा मुख्यमन्त्री राईले पटक पटक कपडा फेरेर भड्कीलो पोशाख प्रदर्शन गरे भने पत्नी शेर्पाको समेत पोशाख र गरगहना फेरियो ।

एक पटक जनवादी बिबाहको वकालत गर्ने कम्युनिष्ट नेता अझ भनौँ बहालवाला मुख्यमन्त्रीको बिवाहमा देखिएको यो भड्कीलो रबाफले पनि कमयुनिष्ट नेता भन्न कहाँ सुहाउछ र ? महंगो वा भड्किलो विवाह टिकाउ हुने, अनि साधारण तरिकाले गरिएको विवाह कमजोर हुने पक्कै होइन । सरल र मितब्ययी अझ भन्नुपर्दा जनवादी बिवाहको वकालत गर्ने कम्युनिष्ट नेताहरुकै बिवाह भड्कीलो र शान प्रदर्शन गर्ने खालको हुन्छ भने समाज र परिवारले के सिक्ने ? छोराछोरीको बिहेमा नगरेको खर्च कहिले गर्ने ? भन्दै ऋण धन गरेर फजुल खर्च नगरौँ । आफ्नो क्षमताको पनि ख्याल गरौँ ।

राजनीतिज्ञ समाज र देशले नेतृत्व र संस्कार सिकाउने अभिभावक पनि हुन । सरल र मितव्ययी जिवनशैली अपनाउनुपर्छ भन्ने कम्युनिष्ट नेताहरुको बिवाह, भोज, भतेर भड्कीलो भएको सुहाउँदै सुहाएन । नेकपाका नेताहरुले मुख्यमन्त्री राईको बिवाह समारोहमा पटक–पटक फेरिएको कपडा र गरगहनाको प्रदर्शनी देखे देखेनन थाहा भएन । तर बिवाहमा देखिएको तामझामले कम्युनिष्टको जनवादी बिवाहको अवधारण र ११ बुँदे आचारसंहिताको धज्जी उडाएको बारे जनजानले प्रश्न गरिरहेका छन् ।


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #प्रदेश १ का मुख्यमन्त्री, #राईको विहेमा

तपाईको कमेन्ट लेख्नुहोस्