Techie IT
  • ४ फागुन २०८१, आईतबार
KhojPatrika

बागमती सभ्यता एकिकृत विकास समितिमा काम छोडी कर्मचारीको दिनभर नाचगान


काठमाडौं । बागमतीमा स्वस्छ र सफा पानी बगाउने योजनाका साथ जन्मिएको एउटा कार्यालय हो अधिकार सम्पन्न बागमती सभ्यता एकिकृत विकास समिति । बागमती सरसफाई महाअभियानले ४ सय हप्ता नाघ्यो । स्वत स्फुर्त रुपमा लाखौ मानिस लामबद्ध भएर सफाई गर्न पनि खटिए । बिहिबार हामी बागमती कत्तिको सफाई भयो त भन्दै अवलोकणका लागि पुग्यौं । अधिकार सम्पन्न बागमती सभ्यता एकिकृत विकास समितिको कार्यालय गुह्श्वरी छेउमै पुग्यौं । जहाँ बागमतीको किनारमै जान निक्कै गाह्रो थियो गन्ध खपिनसक्नुको बाध्यताकाबीच हामीले रिपोर्टिङ थाल्यौं ।

बागमती छेउमै बसेका केही सर्वसाधारणसँग नदी सफाई भयो त ? सरसफाई अभियानले कत्तिको सार्थकता पायो भन्दै प्रश्न ग¥यौं । उनीहरुको गुनासो थियो गन्धले छेउमै जान सकिदैन । हामी करिव १२ बजे सर्वसाधारणसँग कुरा गरिरहदा विकास समितिको कार्यालयमा भने नाचगान सुरु भयो । बागमतीको रिपोटिङका लागि गएका हाम्रो ध्यान कार्यालय तिर तानियो । कार्यालय प्रबेश गर्दा पो थाहा भयो कर्मचारीको बिदाई र स्वागतका लागि भब्य कार्यक्रमको आयोजना गरिएको रहेछ । सवा १२ बजे कार्यालय परिसर पुगेका हामी साँढे ३ बजेसम्म बस्यौं । तर, कर्मचारी कार्यालयको कामभन्दा पनि कम्मर मर्काइ मर्काइ नाचिरहेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बारम्बार भाषणमा भनिरहने कुरा हो सदाचार र सुशासन कायम गराउन सरकार सफल भएको छ । तर, अधिकार सम्पन्न बागमती सभ्यता एकिकृत विकास समितिको कार्यालयमा सेवाग्राही र कार्यस्थल भन्दा पनि बिहिबार त्यो पनि सिंगो दिनभर नाचगान चल्यो । कति राम्रो देखियो माया हासेको, कान्छा है कान्छा जस्ता दर्जनौ गितमा कर्मचारीको लगातार नाच चल्यो । एकातिर भोजका लागि तयारी हुँदै थियो भने अर्कोतिर नाचगानको रमाइलो । नेपाली गितमा मात्रै होइन अधिकार सम्पन्न बागमती सभ्यता एकिकृत विकास समितिको कार्यालयका कर्मचारीको हिन्दी गितको नाच पनि कम थिएन । शहर बजार भन्दा अलि टाढा रहेर पनि होला नाच्ने र अभिनय गर्ने कर्मचारी मात्रै होइन कार्यालयका प्रमुखदेखि पदाधिकारी समेत यो नाचगानलाई सामान्य मानिरहेका थिए ।

कर्मचारीको सरुवा सामान्य प्रक्रिया हो । तर, दिनभर एक जना कर्मचारीको सरुवा र अर्को एक जना कर्मचारीको स्वागतका लागि यति धेरै धुमधाम र भब्य समारोह गर्न कर्मचारी खटिनुले अनेक प्रश्न उब्जिरहेका छन् । के यहि हो त कर्मचारीमा देखिने शुसासन र सदाचार । कार्यालय समयमै छमछमी साउण्ड सिस्टममा ठूलो आवाजमा नाचजान चल्दा समेत कार्यालयका उच्च पदस्थ ब्यक्तीहरुले कुनै प्रतिक्रिया दिएनन् । झण्डै तीन घण्टा लामो चलेको नाचमा कर्मचारीको ताली र हुटिङ पनि उत्तिकै थियो ।

कर्मचारीको नाचगानपछि सुरु भयो बिदाई तथा स्वागत कार्यक्रम । विकास समितिको आयोजना प्रमुख नवराज प्याकुरेलको बिदाई र सिडि मिरा ज्ञवालीको स्वागत । तर, स्वागतका लागि राखिएको कार्यक्रममै ज्ञवाली उपस्थित भइनन् । र कार्यक्रमको नाम परिवर्तन भयो बिदाई मात्रै । ५ महिनाअघि विकास समितिमा सरुवा भएर आएका प्याकुरेलको स्वागत जसरी भएको थियो बिदाई पनि त्यसरी नै भयो । स्वागतका लागि ज्ञवाली कार्यक्रममा नआएपछि प्रष्ट देखिन्छ । हचुवाका भरमा कार्यक्रम राखिएको थियो । के सरकारी कार्यालयमा दिनभर नाचगान गर्न मिल्छ ? कर्मचारी काम भन्दा पनि कार्यालय समयमा जनताको करबाट उठेको सरकारी तलव खाएर गैरजिम्मेवार काम गर्न मिल्छ ? यहि प्रश्न हामीले आयोजनाका कार्यकारी अध्यक्ष उद्धव प्रसाद तिमिल्सीनालाई सोधेका छौं । उनीले आफूलाई केही थाहा नभएको बताए । अध्यक्ष तिमिल्सीनाले आफूलाई थाहै नभएको बताएपछि हामीले कार्यालयका सुचना अधिकृत कमल अर्याललाई पनि सोही प्रश्न सोध्यौं । उनीको जवाफ पनि उस्तै आयो हामीलाई थाह भएन ।

हो थाहा पाएर पनि नपाए झै गरी पन्छिन खोजीरहेका छन् अध्यक्ष तथा सुचना अधिकृत । बागमती सफा बनाउने उद्देश्य बोकेर बनाइएको यो कार्यालयको यो घटना पहिलो भने होइन । यसअघि पनि कार्यालयमा पटक–पटक असार मसान्त होस् या कर्मचारीको सरुवा हुँदा र आउँदा यस्तै नाचगान र भोजभत्तेर चल्ने गरेको छ । तर, कुनै पनि निकायले यस कार्यालयमा भोजभतेर गर्न सरकारी सम्पत्तीको दुरुपयोग भएको देखेको छैन् ।

कार्यालयमा देखिएका यस्ता गतिबिधिले पनि होला बागमती सरसफाई अभियानमा धेरैको चासो समेत घट्न थालेको छ । लाखौ अभियान्ताहरु जोडिएको सरसफाई अभियानले पनि बागमती सफा बनाउन सकेको छैन् । अभियान्ताहरु अधिकार सम्पन्न बागमती सभ्यता एकिकृत विकास समितिले तयार पारेको डिपिआर नै गलत भएको गुनासो गरिरहेका छन् । नदीलाई नहरमा परिणत गर्न पर्खाल लगाइएको र बागमतीको पहिचान मेट्न विकास समिति लागि परेको आरोप लाग्दै आएको छ ।


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #कर्मचारीको सरुवा, #बागमती

तपाईको कमेन्ट लेख्नुहोस्