प्रधानमन्त्री ओली राजतन्त्र फर्काउन लागेको प्रचण्डको गम्भिर आरोप

काठमाडौं । नेकपा दाहाल–नेपाल समूह प्रधानमन्त्री ओली बिरुद्ध दिनदिनै आक्रामक रुपमा अघि बढ्दै गईरहेको छ । संसद बिघटन बिरुद्ध आन्दोलन चकाईरहेको दाहाल–नेपाल समूहका जनबर्गिय संगठनले गर्ने दैनिक भेलाहरुमा शिर्ष नेताहरु नै प्रधानमन्त्री बिरुद्ध खन्नीन थालेका छन् । अझ अध्इष पुष्पकमल दाहलले त दैनिक जसो नयाँ–नयाँ फण्डा सहित कार्यर्तालाई आफुतिर तान्ने आर्कषण नारा अघि सारीरहेका छन् । सोमबार मात्रै आम हड्तालको घोषणा गरेका दाहालले मंगलवार प्रतिनिधिसभा विघटन राजतन्त्र पुनःस्थापना गर्ने प्रक्रियाको सुरुवात भएको बताएका छन् ।
मंगलवार दाहाल–नेपाल समूह सम्वद्ध नेपाल प्रेस संगठनको भेलालाई सम्बोधन गर्दै प्रचण्डले संसद विघटन गर्न प्रधानमन्त्रीले गरेको सिफारिसमा राजाको भाषा ह्वास्स गन्हाएको टिप्पणी गरका छन् । दाहालले संसद बिघटन राजतन्त्र पुनःस्थापित गर्ने, निरंकुशतातिर धकेल्ने प्रक्रियाको सुरुवात भएकोले यसलाई रोक्नु पर्ने बताएका छन् । प्रधानमन्त्री ओली बिरुद्ध त्यतीमै नरोकिएका दाहालले आफैंले प्रस्ताव गरेको प्रधानमन्त्री ओलीले जनतामा निहित सार्वभौमसत्तामाथि आक्रमण गरेकाले आफूमा आवेग, घृणा र आक्रोश रहेपनि अधैर्य नभएको बताए । उनले ओलीले देशलाई संविधानविहीनता र तानाशाहीको भूमरीमा लैजान खोजेको बताए ।
संविधानसभा जनताको आन्दोलनबाट आएको र यसको रक्षाका लागि अब जनतामै जाने दाहलको भनाई थियो । नेकपा दाहल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले। ओलीले अहिले आफूलाई असली एमाले भनेर भ्रम छरिरहेको बताउँदै ओरिजिनल एमाले केपी ओली नभएर आफू नै भएको बताएका छन् । अध्यक्ष नेपालले ओली गणतन्त्र र संघीयता विरोधी भएको बताए । नेपालले संसद् विघटन भइसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको हैसियत के हो ? भनेर प्रश्न पनि गरेका छन् ।
संसद विघटनपछि विभिजत बनेको नेकपाका नेताहरु दुई कित्तामा पुगेपछि आरोपप्रत्यारोपमा उत्रिएका छन् । आफ्नो समुहको कार्यक्रममा ओली होस वा दाहाल नेपाल, सबैले अर्को समुह र त्यसका शीर्ष नेताहरुलाई तल्लो स्तरमै झरेर विभिन्न टिका टिप्पणी गरिरहेका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #नेकपा दाहाल–नेपाल समूह
तपाईको कमेन्ट लेख्नुहोस्